उपेन्द्र यादवले मधेसलाई पटक-पटक धोका दिए : मन्त्री यादव

उपेन्द्र यादवले मधेसलाई पटक-पटक धोका दिए : मन्त्री यादव
सुन्नुहोस्

वीरगञ्ज : पर्सा जिल्लामा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)भित्र हालः राजनीतिक हलचल उत्कर्षमा पुगेको छ। जसपा नेपालको नेतृत्वसँग असन्तुष्टि जनाउँदै, दर्जनौँ स्थानीय नेता, पदाधिकारी, र निर्वाचित जनप्रतिनिधिहरूले समग्ररूपमा जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्।

शनिबार विन्दवासिनी गाउँपालिकाका अध्यक्ष रमेश साह तेलीको नेतृत्वमा ४० सदस्यीय गाउँपालिका कमिटीले जसपा नेपाल परित्याग गरी जसपामा सामूहिक रूपमा प्रवेश गरेको छ। यससँगै अन्य सयौं नेता तथा कार्यकर्ताहरू पनि जसपामा समाहित भए। गाउँपालिका कमिटीले सामूहिक निर्णय गर्दै जसपामा सामेल हुनुलाई पार्टीभित्रको असन्तुष्टि र नयाँ राजनीतिक अवसरको खोजीको प्रतीक मानिएको छ।

विन्दवासिनी गाउँपालिकाका साथै पर्सागढी नगरपालिका वडा नम्बर ४ का चार जना निर्वाचित वडा सदस्यहरू राजकुमार गुरुङ, रुस्तम हवारी, लाल साह देवी, र तेतरी देवीले जसपा नेपाल छोडेर जसपामा प्रवेश गरे। त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का वडा सदस्य जगन महतोले पनि पार्टी परिवर्तन गर्दै जसपामा सामेल भए। उनीहरूले जसपा नेपाल नेतृत्वको सत्ता स्वार्थ र जनआकाङ्क्षालाई धोका दिएको आरोप लगाउँदै पार्टी परित्याग गरेको बताए।

सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले नवप्रवेशीहरूलाई स्वागत गर्दै, पार्टीको आधार अझ सुदृढ भएको बताए। उनले भने, 'जसपा नेपालबाट निराश भएका नेता तथा कार्यकर्ताहरू अहिले नयाँ विकल्पको खोजीमा हुनुहुन्छ, र यो विकल्प जसपा बनेर आएको छ।' उनले नवप्रवेशीहरूलाई जनताको हक र समृद्धिको लागि थप जिम्मेवारीका साथ काम गर्न प्रेरित पनि गरे।

null

जसपा नेपालका उपमहासचिव समेत रहेका मन्त्री यादवले जसपा नेपाल नेतृत्वको अनैतिक सम्झौताको प्रवृत्तिलाई जनआकाङ्क्षासँग मेल नखाने बताए। 'सत्ता लोलुपताका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक-पटक मधेसका जनतासँग धोका गरेको सर्वविदितै छ। हामी त्यस्तो छैनौं। हामी केवल राजनीति गर्न होइन, जनताको जीवनस्तर सुधार्न र स्थायी परिवर्तन ल्याउनका निमित्त आएका छौं। जसपा नै अबको विकल्प हो,' उनले भने। 

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री यादवले जसपामा भइरहेको विस्तारलाई आफूले पार्टीको सङ्गठनात्मक सुदृढीकरणको सङ्केतका रूपमा लिएको बताए। उनले विन्दवासिनी गाउँपालिका तथा अन्य क्षेत्रबाट जसपामा भइरहेको यो परिवर्तनले पार्टीलाई सकारात्मक दिशा दिनुका साथै, पार्टीको जनधार विस्तारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

'यो केवल सुरुवात हो, हामी पर्सा र अन्य स्थानमा पनि यो अभियानलाई निरन्तरता दिनेछौं,' उनले भने। जसपाको भविष्यलाई उज्ज्वल बनाउन र जनताको हकहितमा इमानदार प्रतिबद्धता कायम राख्न नवप्रवेशीलाई प्रेरित गर्दै मन्त्री यादवले पार्टीमा इमानदार नेता तथा कार्यकर्ताहरूलाई जसपामा सामेल हुन आह्वान पनि गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.