धनकुटामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

धनकुटामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

धनकुटा : कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अन्तर्गत साँगुरीगढी गाउँपालिका-६ कोल्बोटेमा शनिबार दिउँसो बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्। 

धरानबाट धनकुटाको पाख्रिबासस्थित सान्नेतर्फ जाँदै गरेको को. १ ख २७५५ नम्बरको बस दिउँसो सवा २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। सडकबाट ५० मिटर भीरबाट खस्ने क्रममा रुखमा अड्किएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक रमेश प्रधानले बताए।

घाइते २६ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.