गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने

गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने
सुन्नुहोस्

काठमाडौं : नवलपरासीको गैंडाकोटमा दोस्रो गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव २०८१ हुने भएको छ।  

गैंडाकोटको नारायणी नदी किनारमा हुने उक्त महोत्सव कात्तिक २३ गतेदेखि मंसिरको १० गतेसम्म सञ्चालन हुने गैंडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो।

महोत्सव जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले आयोजना गर्न लागेको दोस्रो गण्डकीस्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सवका संयोजक अमृत भट्टचनले पत्रकार सम्मेलनमा बताए। महोत्सवले औद्योगिक कृषिजन्य हस्तकलाका उत्पादन सूचना प्रविधि शिक्षा स्वास्थ्य पर्यटन लगायत कृषिजन्य उत्पादनहरूलाई प्रवर्द्धन तथा बजारीकरण पुर्‍याउन मद्दत पुग्ने उनले बताए। 

१८ दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब ३ सय वटा कृषि पर्यटन शिक्षा स्वास्थ्य हस्तकला सूचना प्रविधि लगायतका स्टलहरू रहने छन्। करिब २ लाख दर्शकले अवलोकन गर्ने अनुमान रहेको महोत्सवबाट करिब १ करोड ७० लाख आम्दानी हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.