दैलेख अस्पतालमा सञ्चालनमा आयो ब्लड बैंक

दैलेख अस्पतालमा सञ्चालनमा आयो ब्लड बैंक
सुन्नुहोस्

दैलेख : दैलेख जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखाले रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो। 

रक्तसञ्चार केन्द्रको जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले उद्घाटन गरे। यसअघि आकस्मिक बिरामीहरूलाई रगत दिनुपर्ने अवस्थामा रक्तदाताबाट झिकेर रगत दिनुपर्ने र तत्कालै सञ्चार गराउने गरिएको थियो। अब अस्पतालमा आउने बिरामीले रक्त सञ्चार केन्द्रमार्फत रगत पाउनेछन्। 

समस्यामा परेका बिरामीका आफन्तहरूलाई अब रगत खोज्दै हिँड्नुपर्ने समस्याको समाधान भएको छ। शुद्ध र सुरक्षित रगत बिरामीलाई दिन सकिने जिल्ला अस्पतालको हाताभित्र केन्द्र सञ्चालनमा ल्याइएको हो।

जिल्ला अस्पताल दैलेखमा २१ वर्षअघिदेखि आपतकालीन रक्त सञ्चार गरिँदै आएको थियो। ‘आवश्यक उपकरणको अभावमा संकलन र भण्डारण गर्न सकिएको थिएन, अब समस्यामा परेकाहरूले रगत खोज्दै भौतारिनु पर्दैन,’ नेपाल रेडक्रस सोसाइटी दैलेखका सभापति निरन्जन खत्रीले भने। 

आवश्यक सामग्री र उपकरण प्रबन्ध गरी रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए। दैलेख जिल्लामा सर्वाधिक रक्तदान गरेका स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष अमर सुनारले रक्तसञ्चार केन्द्र सञ्चालनमा आउनु सुखद भएको बताउँछन्। उनले केन्द्र सञ्चालन मात्र नभएर व्यवस्थापनमा पनि सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

रक्त सञ्चार केन्द्र सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका उपसभापति यामराज कटुवालको संयोजकत्वमा १३ सदस्यीय रक्त सञ्चार केन्द्र समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालासहित नारायण नगरका गोपाल बिसी, स्वास्थ्य सेवा कार्यालयका डा. सुदिप खड्का, दीपक कार्की, टंकबहादुर भण्डारी, रञ्जिता गिरी खड्का, नैना गुरुङ, नेपाल रेडक्रस सोसाइटीका दीपक केसी, सुनिल कुमार शर्मा, जेसिसका प्रकाश बुढा, स्वावलम्बी रक्तदाता समुहका अमरबहादुर सुनार र लाइन्स क्लबका खमबहादुर थापालाई सदस्यमा मनोनीत गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.