रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने
काठमाडौं : रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आउने भएको छ। अविरल वर्षाका कारण आएको पहिरोका कारण चीनतर्फ सडक अवरुद्ध भएको थियो।
गत असोज १२ गतेबाट अवरुद्ध भएको सडक आइतबारसम्म पुनर्निर्माण गरेर सोमबारबाट यातायात सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले आज टेलिफोनमार्फत जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। रसुवागढी–केरुङ खण्डअन्तर्गत ठोङ्सा नजिकपहिरो जाँदा सडक भएको थियो।
राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्धि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठूलो सहयोग मिलेको उनको भनाइ छ।