खानेपानी सबडिभिजन कार्यालय पुनःस्थापना

खानेपानी सबडिभिजन कार्यालय पुनःस्थापना
सुन्नुहोस्

दोलखा  : ‘एक घर एक धारा’को लक्ष्य प्राप्तिका लागि दोलखामा पुनः खानेपानी सबडिभिजन कार्यालयको स्थापना भएको छ। 

संघीयतापछि दोलखा जिल्लामा रहेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रामेछाप जिल्लामा सरेको थियो। खानेपानीको कार्यालय रामेछाप सरेपछि दोलखाली जनताले धेरै सास्ती खेप्नु परेको थियो। नागरिक समाजले खबरदारी गरे पनि कार्यालयमा तालाबन्दी गरे पनि खानेपानीको कार्यालय फिर्ता गर्न नसक्दा दोलखाली जनता निराश भएका थिए।

खानेपानी सेवालाई थप प्रभावकारी बनाउन, दोलखा जिल्लावासीको समग्र स्वास्थ्य स्थिति र आर्थिक अवस्थामा सुधार ल्याइ जिल्लाको विकास एवम् समृद्धिमा योगदान पुग्ने विश्वासले बागमती प्रदेश सरकारले दोलखा जिल्लामा नै खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय पुनः स्थापना गरेको बागमती प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बताए। 

शनिबार खानेपानी सबडिभिजन कार्यालय दोलखाको उद्घाटन गर्दै मन्त्री काफ्लेले खानेपानी मौलिक हक हो। सबै जनतामा यसको सहज पहुँच हुनुपर्छ। बागमती प्रदेशको आय स्रोत कम छ। कम खर्चमा बढी प्रभावकारिता देखाउनु र संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको कार्य खानेपानी सबडिभिजन कार्यालय दोलखाले गर्नुपर्ने पनि बताए।

पानी छ पाइप छ तर व्यवस्थापन राम्रोसँग हुन नसक्दा खानेपानीको सास्ती खेप्नुपरेको हो। खानेपानी सबडिभिजन कार्यालय दोलखाले संघीयताको नमुना देखाउनपर्नेु वा सेवाग्राहीहरूलाई नजिकबाट खानेपानीसम्बन्धी सेवा प्रवाह गर्नुपर्ने खानेपानी सेवालाई थप प्रभावकारी बनाउनुपर्ने दोलखाली जनताको माग रहेको छ।

भूकम्प र बाढीपहिरो जस्ता दैवीप्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानी आयोजनाहरूमा समस्या बढ्दै गएको छ। समस्या बढेअनुसार सम्बोधनका लागि योजना र बजेट नहुँदा खानेपानीसम्बन्धी व्यवस्थापन हुन सकेको छैन।

बागमती प्रदेश सरकार मन्त्रिपरिषदको गत असोज १९ गतेको निर्णय बमोजिम खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गत दोलखा जिल्लामा छुट्टै खानेपानीको सबडिभिजन कार्यालय स्थापना हुने निर्णय गरिएको बागमती प्रदेश सचिव मोहनकुमार शाक्यले बताए। दोलखामा खानेपानीको सबडिभिजन कार्यालय स्थापना भएपछि खानेपानी क्षेत्रको बजेटमा वृद्धि हुने र खानेपानीसम्बन्धी समस्या समाधानमा सहयोग हुने अपेक्षा रहेको पनि बताए। यस कार्यालयको स्थापनाले दोलखाबासीको सम्पूर्ण घरधुरीमा खानेपानी सेवा प्रदान गर्न प्रदेश सरकारले राखेको ‘एक घर एक धारा’ भन्ने लक्ष्यलाई छिट्टै पूरा हुने पनि बताए।

प्रदेश सरकारबाट विनियोजित सम्पूर्ण खानेपानी र सरसफाईका लागि अब दोलखा जिल्लाका जनताहरू रामेछाप जिल्लाको खानेपानी डिभिजन कार्यालयमा जानुपर्ने झनझटको अन्त्य भएको र आइतबारबाट दोलखा जिल्ला सबडिभिजन कार्यालयबाट सम्पूर्ण कार्य सम्पादन हुने दोलखाका खानेपानी सबडिभिजन प्रमुख विजयकुमार यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.