रूसी आक्रमणमा पाँच जनाको मृत्यु

रूसी आक्रमणमा पाँच जनाको मृत्यु
सुन्नुहोस्

युक्रेन : युक्रेनमा शनिबार भएको रूसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। धिकारीका अनुसार आक्रमणमा डिनिप्रो सहरमा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो भने किभ र वरपरको क्षेत्रमा भएको आक्रमणमा एक किशोर र अर्का एक व्यक्तिको मृत्यु भएको थियो।    

डिनिप्रो सहरमा भएको आक्रमणमा परी १९ जना घाइते भएको तथा उक्त स्थानका भवनहरू क्षतिग्रस्त भएको मध्य डिनिप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्गी लिसाकले बताए। लिसाकलेसामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरूमा उद्धारकर्ताहरू भग्नाबशेषमा उद्धारको काम गरिरहेको र अस्पतालको कोठाको झ्याल उडेको देखाइएको छ। उनका अनुसार आठ जना घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। 

रूसले निरन्तररूपमा किभसहित युक्रेनी सहरहरूमा घातक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ। मस्कोले ऊर्जा पूर्वाधार केन्द्रित आक्रमण बढाउदा किभले आफ्ना सहयोगीहरूबाट अझ बढी हवाई सुरक्षाको माग्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.