लुम्बिनीको अभियान ‘घुम्न जाऔं बर्दिया’

लुम्बिनीको अभियान ‘घुम्न जाऔं बर्दिया’
सुन्नुहोस्

अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रबर्द्धनका लागि यसवर्ष ‘घुम्न जाऔं बर्दिया’ अभियान सञ्चालन गर्ने भएको छ। पर्यटकहरूको बर्दियामा प्रमुख आकर्षण भनेको यहाँ पाइने बाघ हो। 

बाघ हेर्नका लागि बर्दियामा पर्यटकहरू बढ्ने गरेका छन्। जंगल सफारी गरेर बाघलगायतका जंगली जनावर हेर्न सकिने यो जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा बर्दिया राष्ट्रिय निकुञ्ज मानिन्छ। यसैगरी बर्दियाको दौलतपुर घाटमा पाइने डल्फिन बाह्य पर्यटकहरूका लागि थप आकर्षणको केन्द्र बन्ने गरेको छ। यो घाटमा डल्फिन देखिने गरेको छ। यसैगरी बर्दियामा कृष्णसार देख्न सकिन्छ। कृष्ण सार संरक्षण क्षेत्र बनाएर कृष्णसारको संरक्षणका लागि पहल गरिँदै आएको छ। यसका साथै जिल्लामा रहेका विभिन्न होमस्टेहरू पर्यटकहरूलाई आकर्षित गर्ने थप आकर्षणका केन्द्र हुन्।

प्रदेश सरकारले यो कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको थियो। बर्दियामा पर्यटकको संख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्यसहित प्रदेश सरकारले घुम्न जाऔं बर्दिया अभियान सुरु गर्न थालेको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताए। यो अभियान आगामी २९ गतेदेखि प्रारम्भ हुने भएको छ। बर्दियाको ठाकुरद्वारामा यो अभियानको सुरुवात गरिने देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकहरूको थप आकर्षण बढाउन यो अभियान सुरु गर्न थालिएको मन्त्री न्यौपानेको भनाइ छ।

लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्यको एक बर्दिया जिल्ला हो, यहाँ पर्यटकहरूलाई आकर्षित गर्ने धेरै इभेन्टहरू छन्,’ मन्त्री न्यौपानेले भने, ‘यो वर्ष बर्दियामा धेरैभन्दा धेरै पर्यटकहरूलाई भित्र्याएर समग्र प्रदेशको आर्थिक समृद्धिको लक्ष्य हामीले लिएका छौँ।’ एक वर्षे अभियानमा सरकारले बर्दियाका पर्यटकीय थलोहरूका बारेमा पर्यटकहरूलाई जानकारी दिने गरी प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ।

बाह्य पर्यटकहरूलाई बर्दियामा आकर्षित गर्नका लागि प्रचारात्मक कार्यक्रम गरिने र यहाँ आउने पर्यटकहरूको सहजताका लागि सम्बन्धित पक्षसँग समन्वय गरिने मन्त्री न्यौपानेले जानकारी दिए। ‘बर्दिया जिल्लामा बाह्य पर्यटकहरू ल्याउनका लागि बर्दिया जिल्लाका पर्यटकीय स्थलहरूका बारेमा सूचना प्रदान गरिनुप¥यो, यसका लागि प्रचारात्मक कार्यक्रमलाई बढावा दिइने छ,’ मन्त्री न्यौपानेले भने, यसका लागि बर्दियामा रहेका पर्यटकीय स्थलका बारेमा विभिन्न माध्यमबाट पर्यटकहरूलाई जानकारी गराउने काम हुने छ।’

यी होम स्टेहरूमा स्थानीय परिकारको स्वाद लिन पाइन्छ। यसैगरी व्यावसायिक रूपमा कृषि क्षेत्रलाई अगाडि बढाएका विभिन्न स्थलहरू अवलोकन तथा कृषि अध्ययनका लागि पर्याप्त छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.