पहिलो पटक अमेरिकामा बाना भवनको प्रांगणमा नेपाली,अमेरिका र मेरील्याण्डको झण्डा फहफरायो

पहिलो पटक अमेरिकामा बाना भवनको प्रांगणमा नेपाली,अमेरिका र मेरील्याण्डको झण्डा फहफरायो
सुन्नुहोस्

अमेरिका : औचारिकरूपमा पहिलो पटक अमेरिकामा नेपाल,अमेरिका र मेरिल्याण्डको भण्डा राखिएको छ ।  मेरिल्याण्ड राज्यको बाल्टिमोर सहरमा रहेको नेपालीहरूको छाता संस्था Baltimore Association of Nepalese in America (BANA) अमेरिकाले तीनवटै झण्डा औपचारिक रूपमा राखेको हो । 

बाना नेपाली समुदायको हकहितमा काम गर्ने अग्रणी संस्था हो । अमेरिकामा नै आफ्नो सामुदायिक भवन बनाएर कार्यक्रम सञ्चालन गर्ने पहिलो नेपाली संस्था हो । आफ्नो सामुदायिक भवनको प्रांगणमा नेपाल, अमेरिका तथा मेरिल्याण्ड राज्यको झण्डा फहराउने विशेष कार्यक्रम रहेको थियो । 

बाल्टिमोर काउण्टीका काउण्टी एक्जिक्युटिभ जोनी ओ प्रमुख अतिथिका रहेको कार्यक्रममा बानाका अध्यक्ष सुबोध विलास पन्तले नेपालको झण्डा,अमेरिकाकै इतिहासमा पहिलोपटक नेपाली मुलका मेरिल्याण्ड विधान सभा सदस्य ह्यारी भण्डारीले र काउन्सीलम्यान जुलीयन ई  जोन्स जुनीयर ले मेरिल्याण्ड राज्यको झण्डा तथा प्रमुख अतिथि जोनीओ ले अमेरिकी झण्डाको झण्डोतोलन गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले ऐतिहासिक क्षणमा उपस्थिति हुन पाउँदा गर्वको अनुभूति भएको बताए। कार्यक्रममा नेपाली समुदायका व्यक्तिहरूको बाक्लो उपस्थित रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.