पर्यटनमन्त्री पाण्डेबाट चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित

पर्यटनमन्त्री पाण्डेबाट चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित
तस्बिर : पर्यटनमन्त्रीको सचिवालयबाट
सुन्नुहोस्

काठमाडौं : चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङ सम्मानित भएका छन्।  संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका हुन्। 

सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उजा र स्वस्थयसम्बन्धी १६ वटा देशका वैज्ञानिकको सहभागिता रहको काठमाडौंमा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उनलाई अभिनन्द  गरेका हुन्।

उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधानलगायतका विषयका साथै पर्यटन प्रवर्द्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएको प्रति कृतज्ञता व्यक्त गरेका थिए। 'आज हामी एउटा विशेष सन्दर्भले जोदिएका छौं । हामी एकजना विश्व विख्यात वैज्ञानिकलाई हाम्रो तन, मन र वचनबाट सम्मान गर्दै छौं । चीनमा डिस्टिङगुइस योङ साइन्टिस्ट र चाङजियाङ को उपाधी  प्राप्त गरिसक्नु भएका उहाँ संसारका दुई प्रतिशत वैज्ञानिक भित्र पर्ने वैज्ञानिक हुनुहुन्छ ,'मन्त्री पाण्डेले भने,'४७० भन्दा धेरै अनुसन्धान मूलक लेखहरू लेख्नु भएको छ। उहाँको स्वास्थ्य प्रविधिको क्षेत्रमा अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा अतुलनीय योगदान रहेको छ ।'

मन्त्री पाण्डे नेपाल र चीन बीच यस्ता आदन–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा नेपाल आएको अभिलेख रहेको र  लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरे।

उनले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चिनियाँ विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिन आग्रह समेत गरे।

उनले कोरियाली एवं चिनियाँ नागरिकलगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउन समेत आग्रह गरे।  अभिनन्द कार्यक्रममा बोल्द विङडिङले नेपालीहरू निकै आत्मीय रहेको बताउँदै नेपाली विदयार्थीलाई आफू माताहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको बताए। उनले नेपाली विद्यार्थीहरूलाई आफूसँग जोडिन दिन समेत आगह गरे। हाल विङडयानको मातहतमा ११४ जना विद्यार्थीहरूले विद्यावारिधी गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.