लक्ष्मी सन्राइज बैंकले गर्यो पोखरामा सेवा विस्तार
काठमाडौं : लक्ष्मी सन्राइज बैंकले पोखरामा सेवा विस्तार गरेको छ । बैंकको पोखरा महानगरपालिका - २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नम्बर -६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकले सोही महानगरपलिकको वडा नम्बर २७ स्थित लेखनाथ (तालचोक) शाखामार्फत सेवा लिनसक्नेछन्।
सेवा विस्तारका क्रममा बैंकले आफ्नो २७ औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका -१६ को बाटुलेचौरमा स्थापना भएको हो ।
साथै ग्राहकको सहजता लागि रौतहटको गौर नगरपलिका वडा नम्बर ३ माशाखा कार्यालय सोही वडाको ३० मिटर पूर्वतर्फ स्थानान्तरण भएको छ । स्थानान्तरण भएसँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास लिएको छ।
स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ । हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटिएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।