प्राइम कमर्सियल बैंकको लाभांश घोषणा
काठमाडौं : प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ।