सेयर बजार ओरालोतिर, कारोबार ४ अर्बमा सीमित

सेयर बजार ओरालोतिर, कारोबार ४ अर्बमा सीमित
सुन्नुहोस्

काठमाडौं : नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ।  साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स ४.४५ अंकले घटेर ४६९.८० विन्दुमा पुगेको छ।

यसदिन ३२० स्क्रिप्सको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८६४ रुपैयाँमा खरिदबिक्री भए। एकल अंकले घटेक बजारमा चार कम्पनीको सेयर सकारात्मिक सर्किट लेभलमा कारोबार भयो। 

लाइफ इन्स्योरेन्स कर्पोरेसन,रिभर फल्स पावर,माइ खला हाइड्रोपावर र समृद्धि फाइनान्सको सेयर १० प्रतिशतल बढेको हो।  कारोबार रकमका आधारमा आईसीएफस फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी नेपाल एसबीआई बैंकको २१ करोडको सेयर कारोबार भयो।  सिईडीबी हाइडरोपावर डेभलपमेन्ट, नेपाल फाइनान्स र समृद्धि फाइनान्सले १८/१८ करोडको सेयर कारोबार गरे। कारोबारमा आएका स्टक्समध्ये ९१ वटाको  मूल्य बढ्दा १४१ वटाको  घट्यो । बाँकी ११ वटामो मूल्य भने स्थिर रह्यो।

पाँचवटा समूहको उपसूचक बढ्दा ८ वटाको घट्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.