एनआरएनलाई उद्योगमन्त्रीको आग्रह : लगानीको उचित वातावरण छ, लगानी गर्नुहोस्

एनआरएनलाई उद्योगमन्त्रीको आग्रह : लगानीको उचित वातावरण छ, लगानी गर्नुहोस्
सुन्नुहोस्

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा लगानीको उचित वातावरण रहेकाले लगानी गर्न एनआरएनलाई आग्रह गरेका छन्। आइतबार काठमाडौंमा गैह्रआवासीय नेपाल संघ (एनआरएन) द्वारा आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभा उद्घाटन  समारोहमा बोल्दै मन्त्री भण्डारीले लगानीको वातावरण सुनिश्चित गर्न सरकार तयार रहेको बताएका हुन्।

'सरकारले एनआरएनलाई  प्राथमिकताका साथ हेरेको छ। लगानीका क्षेत्र छन्। लगानीको संभावना छन्। तपाईंहरू आउनु भएन भने अरु पनि आउँदैनन् । पुँजी र प्रविधिलाई उपयोग गरौं,'उनले भने,'तपाईंको लगानी सुनिश्चितता गर्ने वातावरण हामी गर्छौं। लगानी गरेर मुनाफा लैजानुहोस्।'

मन्त्री भण्डराीले सबै मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ बताए। मन्त्रालय पुराना बन्द रहेका उद्योगहरू सञ्चालन गर्न लागिपरेको बताउँदै उनले विकास निर्माणमा सहकार्य गर्न समेत आह्वान गरे। 

उनले भने,'हामी बन्द रहेका उद्योगहरूलाई कसरी सञ्चालन गर्नेबारे छलफल गरिरहेका छौं। वर्तमान सरकार नीतिगत रुपमा रहेका जटिलताहरूलाई समाधान गर्न लागिपरेको छ। यसकारण  हामी विकास निर्माणमा तपाईंहरूसँग सहकार्य गर्न चाहन्छौं।'

गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको कला, संस्कृति तथा भूगोलसँग जोडेर पुर्खाको थातथलोका बारेमा जानकारी दिन र नेपालमा नै लगानी गर्नसक्ने अनुकूल वातावरणको सिर्जना गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

मन्त्री भण्डारीले आर्थिक रूपान्तरणका लागि गैरआवासीय नेपालीहरूले विश्व बजारमा सिकेको सीप, जानेको प्रविधि र गरेको आम्दानीबाट नेपालले लिनसक्ने अधिकतम लाभका लागि सरकार सधैं सहकार्य गर्न सबै ढोका खुला राखेको बताए।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.