दमक हत्या प्रकरण

६ दिनदेखि निरौलाको शव अस्पतालमै, तीन जना पक्राउ, चार अझै फरार

६ दिनदेखि निरौलाको शव अस्पतालमै, तीन जना पक्राउ, चार अझै फरार

झापा : जग्गा विवादका क्रममा कुटपिट गरी हत्या गरिएको दमक नगरपालिका–९ निवासी ३७ वर्षीय देशु भनिने यमु निरौलाको शव परिवारजनले अझै बुझ्न मानेका छैनन्। 

निरौलाको शव ६ दिनदेखि दमक अस्पतालमा राखिएको छ। मृतक पक्षले दिएको किटानी जाहेरी अनुसार प्रहरीले राजनीतिक दबाबका कारण आरोपीहरूलाई पक्राउ नगरेको भन्दै निरन्तर इलाका प्रहरी कार्यालय दमक अगाडि उनीहरूले विरोध प्रदर्शन गरिरहेका छन्। 

मृतक पक्षले प्रहरीलाई घटनाको अनुसन्धान गरी आवश्यक प्रक्रिया अघि बढाउन सोमबार मध्यान्न १२ बजेसम्मको अल्टिमेटम दिएको छ। मृतकका दाजु नवराज निरौलाका अनुसार भोलि १२ बजेसम्म पर्खने र प्रहरीले दोषीलाई पक्राउ नगरे आफूहरू कडा आन्दोलनमा उत्रने चेतावनी दिए। 

उनले राजनीतिक दबाबका कारण घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले उन्मुक्ति दिन खोजेको आरोप समेत लगाएका छन्। गत कात्तिक ६ गते दमक–३ स्थित बेलडाँगी-मधुमल्ला सडक खण्डअन्तर्गत मावा खोला किनारको जग्गामा विवाद भएको थियो। 

सो विवाद मिलाइदिनका लागि मोरङको उर्लाबारी–७ का ४९ वर्षीय ध्रुव गौतमले निरौलालाई त्यहाँ बोलाएका थिए। दिउँसो अन्दाजी ४:२४ बजे निरौला माथि त्यहाँ सांघातिक आक्रमण भएको जनाइएको छ। 

निरौलाको हत्या घटनामा प्रत्यक्ष संलग्न देखिएका राजु भनिने शेरबहादुर लिम्बू, दमक–८ का बुद्धिमान थापा, नमकुमार चेम्जोङ, इटहरी बस्ने भनिएका डेबिट घले, मोरङ उर्लाबारी-६ का ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी-७ का ४९ वर्षीय ध्रुव गौतम र सङ्खुवासभा मादी-१० स्थायी ठेगाना भई दमक–३ दुम्सेका २६ वर्षीय गणेश दर्जीविरुद्ध मृतककी श्रीमती कृष्णमायाले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी छन्। सात जना आरोपीमध्ये तीनलाई प्रहरीले पक्राउ गरेको छ। मृतककी श्रीमती कृष्णमायाले गुनारो पोख्दै भनिन्, ‘मेरो श्रीमानको हत्या एउटा कुखुरा मारे बराबरको जस्तै भयो।’

मेरो श्रीमान् निर्दोष हो। घटनास्थलमा अनाहकमा बोलाएर हत्या गरियो। ‘कानुनी न्यायका लागि जाँदा प्रहरी प्रशासनले सहयोग गर्नुको साटो उल्टै दुःख दियो,’ उनले भनिन्।  श्रीमानको हत्या भएको छ मैले न्याय पाउँदिन भनेर इलाका प्रहरी कार्यालय दमक जाँदा डीएसपीले ठूलो मान्छेको कुरा सुन्नुपर्छ, माथिको आदेश आउनु पर्छ भन्नु हुन्छ। २७ वर्षको उमेरमा मै बिधुवा भएँ। छोराछोरीले बाबा खोइ भन्छन्,’ उनले भनिन्, ‘केही मान्छेले भित्रभित्रै मिलाउनुपर्छ हामी पैसा दिन्छौँ भन्छन्, न्याय यही हो त ?’ 

हत्याका मुख्य योजनाकार बुद्धि थापा र नम चेम्जोङ रहेको बताउँदै मृतकका दाजु नवराजले थपे, ‘बुद्धिका भाइ गोविन्द थापाले बुद्धि र नम लगायत आफ्ना पार्टीका मान्छेहरूको नाम नलिन आग्रह गर्दै पैसा दिने, बालबालिकाको पढाइमा सहयोग गर्ने भन्दै अनुरोध गरेको र नाम लिए राम्रो नहुने भन्दै धम्क्याउँदै आएका छन्।’

बुद्धि नेकपा एमालेको तर्फबाट प्रदेश सांसद होमबहादुर थापाका भाइ हुन्। नम युवा संघका पूर्व केन्द्रीय सदस्य हुन्। मृतक निरौलाका परिवारले शनिबार नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई भेटेर न्याय नपाएको गुनासो राखेका छन्। प्रसाईंले निरौला परिवारलाई कानुनी न्याय दिलाउने बाचा दिएका छन्। 

तीन जना पक्राउ, चार अझै फरार

मृतक परिवारको चर्को दबाबपछि झापा प्रहरीले निरौलाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। प्रहरीले मोरङ उर्लाबारी-६ का ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी-७ का ४९ वर्षीय ध्रुव गौतम र सङ्खुवासभा मादी-१० स्थायी ठेगाना भई दमक-३ दुम्सेका २६ वर्षीय गणेश दर्जीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
 
कार्की र गौतमलाई घटना भएकै दिन दमकबाट पक्राउ परेको र दर्जी शनिबार मेचीनगरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

दर्जीलाई प्रहरीको विशेष टोलीले शनिबार साँझ काँकडभिट्टाबाट पक्राउ गरेको उनले बताए।  घटनाको समयमा घटनास्थलमा रहेका मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका दुई वटा गाडीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न अन्य फरार आरोपीहरूको समेत तदारुकताका साथ खोजतलास भइरहेको डीएसपी चन्दले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.