साफ च्याम्पियनसिप : भुटानलाई पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश
भुटानमाथि ७–१ को फराकिलो जित
काभ्रे : बंगलादेश साफ च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७–१ को फराकिलो जित निकाल्दै बंगलादेश फाइनल प्रवेश गरेको हो ।
बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् भने साविना खातुनले दुई र ऋतु पोर्ना चक्मा तथा सेउली अजिमले एक–एक गोल गरिन् । भुटान लागि एकमात्र गोल डेकी लाजोमले गरेकी थिइन् ।