लामिछानेको बारेमा सामाजिक सञ्जालमा भ्रम फैलाइयो, मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा प्रभाव पार्न खोजियो : प्रहरी

लामिछानेको बारेमा सामाजिक सञ्जालमा भ्रम फैलाइयो, मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा प्रभाव पार्न खोजियो : प्रहरी
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुर्व्यवहार नभएको नेपाल प्रहरीले जनाएको छ। आज दिउँसो जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै लामिछानेलाई दुर्व्यवहार गरेको भनेर सामाजिक सञ्जालहरूमा भ्रम फैलाएको दाबी गरेको छ। 

इजलासमा हतियारसहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण भएको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए। 

‘केही दिन यता विभिन्न सामाजिक सञ्जालहरुमा अनुसन्धानको क्रममा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री माननीय रवी लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा मिति २०८१।०७।०८ गते म्याद थप गर्न सम्मानित कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियार सहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटक लगायतका सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ।

गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने प्रहरीको भनाई छ। विज्ञप्तिमा भनिएको छ,
‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनु हुन सम्पूर्णमा अनुरोध गरिएको छ ।’ 

नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहिन कुराहरुलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गर्न अनुरोध गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीको नेतृत्वको टोलीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको हो। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ। सहकारीको रकम अपचलन प्रकरणमा संलग्न जीबी राई मलेसिया पुगेको प्रहरीले बताउँदै आएको छ। 

लामिछानेसहित १४ जनालाई सहकारी ठगी प्रकरणमा पक्राउ गरी बयानलगायतका थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिव देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम पक्राउ गर्न कास्की अदालतले अनुमति दिएको थियो। 

लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको छ। लामिछानेविरुद्ध बिहीवार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पनि ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको छ। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थको रकम पनि गोर्खा मिडिया प्रा.लि.मा अपचलन भएको संसदीय छानबिन समितिले ठहर गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.