नारायणी रंगशालाको स्तरोन्नतिका लागि पहल गर्छु : खानेपानी मन्त्री यादव

नारायणी रंगशालाको स्तरोन्नतिका लागि पहल गर्छु : खानेपानी मन्त्री यादव
सुन्नुहोस्

वीरगन्ज : खानेपानी मन्त्री प्रदीप यादवले मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गइरहेको वीरगन्जको नारायणी रंगशालाको संरक्षण र स्तरोन्नतिका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

 
आइतबार नारायणी रंगशाला र त्यससँगै जोडिएर रहेको क्रिकेट मैदानको स्थलगत अनुगमन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यसमेत रहेका मन्त्री यादवले देशकै ऐतिहासिक धरोहरका रूपमा रहेको नारायणी रंगशालाको मर्मतसम्भार र स्तरोन्नतिका लागि संघीय सरकारबाट सहयोग गराउन आफूले सक्दो पहल गर्ने बताए।

अनुगमनपछि पर्सा क्रिकेट संघका पदाधिकारीसँगको छलफलमा उनले भने, ‘नारायणी रंगशला दशरथ रंगशलापछि देशकै दोस्रो ठूलो रंगशाला हो। यो वीरगन्जको मात्र नभई मधेस प्रदेशकै ऐतिहासिक धरोहर हो। यसको पुरानो साख फर्काउन मैले संघीय मन्त्रीका रूपमा सरकारसँग के-के गर्नु पर्छ? त्यो मैले गर्छु।’

नारायणी रंगशालाको स्तरोन्नतिका लागि यसअघि कैयौं पटक आफूले संसदमै आवाज उठाएको स्मरण गराउँदै मन्त्री  यादवले भने, ‘अब म मन्त्रिपरिषद् बैठकमै यस बारे ध्यानाकर्षण गराउँछु।’ 

रंगशालाकै छेउमा रहेको क्रिकेट मैदानमा आसन्न एलिट कपका लागि भइरहेको तयारी बारे पनि पर्सा क्रिकेट संघका पदाधिकारीहरूसँग जानकारी लिँदै मन्त्री यादवले क्रिकेट मैदानको भइरहेको स्तरोन्नति कार्यमा पनि सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए। 

नारायणी रंगशला छेउको क्रिकेट मैदानमा आगामी पुसमा राष्ट्रिय टिमका खेलाडीहरूको सहभागितामा एलिट कप क्रिकेट हुँदैछ। त्यसका लागि बंगलादेशबाट विज्ञ प्राविधिक सहितको टोलीले विगत एक महिनादेखि पिच र फिल्डको स्तरोन्नति कार्य गरिरहेको छ। 

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले नारायणी रंगशलाको स्तरोन्नतिका लागि स्थानीय सरकारले प्रदेश र संघ सरकारसँग पटक पटक गुहार लगाइसकेको बताए। संघ र प्रदेशका खेलकुद मन्त्रीहरूले वीरगन्जमै आएर रंगशलाको स्थलगत अनुगमन गर्ने क्रममा आश्वासन दिएर फर्किएको जानकारी उनले मन्त्री यादवलाई गराए। संघ वा प्रदेश कुनै पनि सरकारले रंगशालाको स्तरोन्नतिका लागि काम थाले त्यसमा स्थानीय सरकार हातेमालो गर्न तयार रहेको मेयर सिंहले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.