‘नमुनादीप कप’ भलिबल : लिखु गाउँपालिका ‘सी’, लिखु पिके र साघुँटार युवा क्लबको विजयी सुरुवात

‘नमुनादीप कप’ भलिबल : लिखु गाउँपालिका ‘सी’, लिखु पिके र साघुँटार युवा क्लबको विजयी सुरुवात
सुन्नुहोस्

रामेछाप : दशौं संस्करणको ‘नमुनादीप कप’ भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। नमुनादीप युवा क्लबले आयोजना गरेको पालिकास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले गरेका हुन्।

null

लिखु तामाकोशी गाउँपालिका-२ सैपुस्थित अरुणोदय माविको मैदानमा भएको प्रतियोगिता मंगलबारसम्म सञ्चालन हुने अध्यक्ष राजन बस्नेतले जानकारी दिए।  प्रतियोगितामा रामेछाप, ओखलढुंगा, दोलखा र सोलुखुम्बु जिल्लाका १२ टिम सहभागी छन्।

null

आज पहिलो दिन समूह चरणका ३ वटा खेल भएको छ। पहिलो खेलमा अरुणोदयमा मावि रामेछापलाई लिखु पिके गाउँपालिका सोलुखुम्बुले सोझो सेटमा हराएको छ। लिखु पिकेले पहिलो सेट २५-११ र २५-२१ ले विजयी भएको हो। 

त्यसैगरी दोस्रो खेलमा लिखु गाउँपालिका ‘सी’ले २-१ सेटमा मन्थली नगरपालिकालाई पराजित गरेको छ। लिखु गाउँपालिका ‘सी’, ओखलढुंगा १९-२५, २५-१८ र १५-११ ले विजयी भएको हो।

आजको अन्तिम खेलमा साघुँटार युवा क्लब रामेछापले तामाकोशी गाउँपालिका, दोलखालाई सोझो सेटमा पराजित गरेको छ। साघुँटार युवा क्लब २५-२३ र २५-२० को सोझो सेटले विजयी भएको हो।

अध्यक्ष बस्नेतका अनुसार रामेछापबाट मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, साघुँटार युवा क्लब र अरुणोदय मावि रहेका छन्। यसैगरी ओखलढुंगाबाट चम्पादेवी गाउँपालिका र लिखु गाउँपालिकाका ३ वटा टिम सहभागी छन्। दोलखाबाट तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिका, सोलुखुम्बुको लिखु पिके गाउँपालिकाले प्रतियोगितामा भाग लिएका छन्।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय प्राप्त गर्ने सहसचिव निरज पौडेलले जानकारी दिए। क्लबले पालिकास्तरीय प्रतियोगितालाई राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सघाउन पुर्‍याउने विश्वास व्यक्त गरेको छ। ‘लिखु क्षेत्रमा खेल पर्यटन, स्थानीय कला, संस्कृति संरक्षण, खेलाडीको प्रतिभाको प्रस्फुटन तथा प्रोत्साहन गर्ने भएकाले कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं’ उनले भने।

क्लबले २०६५ साल यता नियमित रूपमा आयोजना गर्दै आइरहेको नमुनादीप कपको यो दशौं संस्करण हो। यसैबीच क्लबले भलिबल खेलको साथमा सोमबार डोरी तान (टग अफ वार) प्रतियोगिताको पनि आयोजना गरेको छ। टग अफ वारका विजेताले २० हजार नगद र उपविजेता टोलीले १० हजार नगद पुरस्कार पाउने छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.