हेटौंडामा धारिलो हतियार खुकुरी देखाई लुटपाट गर्ने २ जना पक्राउ

हेटौंडामा धारिलो हतियार खुकुरी देखाई लुटपाट गर्ने २ जना पक्राउ
सुन्नुहोस्

हेटौंडा : मकवानपुरमा धारिलो हतियार खुकुरी देखाई लुटपाट गर्ने २ जना पक्राउ परेका छन्।

शनिबार दिउँसो अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-११ का २० वर्षीय असमिन चौलागाईं र सोही स्थानका २० वर्षीय अनिस चौलागाईंलाई धारिलो हतियार र सुनको सिक्रीसहित पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए।

पक्राउ परेका उनीहरूले हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङमास्थित राप्ती खोलाको बगरमा बकैया गाउँपालिका-४ बस्ने २० वर्षीय मनिष फुयाँल र सोही स्थान बस्ने २४ वर्षीय सुजन पौडेललाई धारिलो हतियार खुकुरी देखाई १ तोलाको सुन लुटेका थिए। 

प्रहरी प्रमुख प्रहरी उपरीक्षक खड्काको अनुसार पक्राउ परेका २ जना उपर चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.