समयमै मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै खानेपानीमन्त्री यादवलाई सम्मान

समयमै मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै खानेपानीमन्त्री यादवलाई सम्मान
सुन्नुहोस्

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै आज सम्मान गरिएको छ।

मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हालेपश्चात हालसम्म उनले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै आज काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा स्वागतम् तथा धन्यवाद ज्ञापन कार्यक्रम–२०८१ को आयोजना गरी सम्मान गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौं उपत्यकावासीका लागि बाह्रै महिना शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आफू पूर्ण प्रतिबद्ध रहेका बताए। मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानीको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चालिरहेको बताए। उनले भने, ‘मानिसलाई पानी नभइ नहुने चिज हो, पानी बिना बाच्न सकिँदैन, काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधानका लागि ठोस कदम चाल्छौँ।’

काठमाडौं उपत्यकामा हेलम्बुवासी, नागरिक समाज एवं जनप्रतिनिधिहरूको साथ र सहयोगका कारण यसवर्ष समयमै मेलम्चीको पानी ल्याउन सफल भएको बताउनु हुँदै उनले सम्पूर्ण मेलम्चीवासीलाई धन्यवाद समेत व्यक्त गरे। उपत्यकावासीहरूको साथ र सहयोगमा पानीको समस्या समाधान गर्न सकिने समेत मन्त्री यादवले बताए।

इतिहासमै पहिलो पटक वर्षायामपछि समयमै मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन आफ्नो प्रयास सफल भएको बताउँदै मन्त्री यादवले समितिले आज गरेको सम्मानले आफूलाई गर्व र थप काम गर्न प्रेरणा प्रदान गरेको बताए।

उनले भने, ‘मलाई गरिएको यो सम्मानले नागरिकका अपेक्षाहरू पूरा गर्न थप ऊर्जा दिएको छ। निरन्तर गुणस्तरीय सेवा गर्दै मेलम्ची परियोजनालाई प्रभावकारी बनाउने मेरो यात्रा जारी रहनेछ। सहयोग र सुझावका लागि सबैलाई धन्यवाद छ।’

दक्षिणकालीका नागरिक, मेलम्चीवासीहरूसँग हात जोडेर आफूले काठमाडौं उपत्यकामा पानी ल्याउन सफल भएको बताउनु हुँदै मन्त्री यादवले सरकारले नागरिकका गुनासा र मागलाई सम्बोधन गर्नु पर्ने बताए। उनले भने, ‘जलस्रोतको धनी देश नेपालमा पानीका लागि संघर्ष समिति बनाउनु पर्ने अवस्था आउनु दु:खद पूर्ण कुरा हो। नागरिकलाई के आवश्यक छ, उनीहरूका माग के हुन सरकारले पुरा गर्नु उसको दायित्व हो।’

यसैगरी मन्त्री यादवले खानेपानी मन्त्रालय नागरिकका समस्या र गुनासाहरू सम्बोधन गर्नका लागि सधैँ अग्रसर रहेको बताए। कोटेश्वर क्षेत्रमा ओभरहेड ट्याङ्की निर्माणका लागि त्यहाँका स्थानीयवासी एवं संघर्ष समितिले राखेका मागका विषयमा मन्त्री यादवले ओभरहेड ट्याङ्की निर्माणका लागि आफूले बजेट विनियोजन गराउने प्रतिबद्धता जनाए।

पेप्सीकोला, जडिबुटी क्षेत्रमा खानेपानीको पाइप यसैवर्ष बिस्तार गरिने समेत मन्त्री यादवले बताए। उनले भने, ‘पेप्सीकोला, जडिबुटी क्षेत्रमा खानेपानीको पाइप यसैवर्ष बिस्तार गर्छु, मेरो प्रतिबद्धता भयो।’ एक छुट्टै प्रसंगमा बोल्नु हुँदै मन्त्री यादवले ठेकेदारको लापरवाहीका कारण समयमै नागरिकले खानेपानीका मिटर पाउन नसकेकाले खानेपानीको मिटर समयमै नदिने ठेकेदारको म्याद नथपेको बताए। 

उनले भने, ‘समयमै मिटर नदिने तर पटक पटक म्याद थप गरेर जनतालाई दु:ख दिने लापरवाही गर्ने ठेकेदारको मैले म्याद थपेन, अब नयाँ टेण्डर निकालेर मिटर नपाउने समस्याको अन्त गर्दैछौँ।’ यसैगरी मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधानका लागि सिस्नेरीबाट पनि पानी ल्याउने पहल भइरहेको जानकारी गराउनुभयो। उनले भने, ‘काठमाडौं उपत्यकामा ५१ करोड लिटर पानीको आवश्यक छ, अहिले जम्मा १७ करोड लिटर पानी वितरण गरिरहेका छौँ, हामीले थुप्रै योजना अघि सारेर यहाँको पानीको समस्या समाधान गर्ने छौँ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.