साफ वुमन्स च्याम्पियनसिप

नेपाल र भारतबीचको अवरुद्ध खेल पुनः सुरु, सावित्राले फर्काइन गोल

नेपाल र भारतबीचको अवरुद्ध खेल पुनः सुरु, सावित्राले फर्काइन गोल
सुन्नुहोस्

काठमाडौं : साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको अवरुद्ध खेल पुनः सुरु भएको छ। नेपालले गरेको गोललाई मान्यता नदिएपछि अवरुद्ध भएको खेल पुनः सुरु भएको हो। खेल सुरुभएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेर बराबरी बनाएकी छन्। 

आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपालकी प्रिति राईले गरेको गोल मान्यता नदिँदा विवाद सिर्जना भएको थियो। खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन्। भारतले गोल गरेलगत्तै नेपाली खेलाडीले  भारतको पोस्टमा गोल गरेका थिए। भारतीय खेलाडीहरू गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो। रेखा पौडेलले दोहोरो कार्ड खादै बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.