नमुनादीप कप भलिबल : लिग चरणका खेल जारी

लिखु तामाकोशी गाउँपालिकाको विजयी सुरुवात

नमुनादीप कप भलिबल : लिग चरणका खेल जारी
सुन्नुहोस्

रामेछाप : दशौं संस्करणको ‘नमुनादीप कप’ भलिबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेल जारी भएको छ। सैपुस्थित अरुणोदय माविको मैदानमा भएको आजको पहिलो खेलमा लिखु तामाकोशी गाउँपालिकाले मेलुङ गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ। लिखु तामाकोसी २५-२१ र २५-१९ ले विजयी भएको हो। दोस्रो खेल गोकुलगंगा गाउँपालिका र अरुणोदयमा माविबीच जारी रहेको छ।

आजै मन्थली नगरपालिका र लिखु गाउँपालिका बी, साघुँटार युवा क्लब र चम्पादेवी गाउँपालिका, मेलुङ गाउँपालिका र लिखु गाउँपालिका ए बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा रामेछाप, ओखलढुंगा, दोलखा र सोलुखुम्बु जिल्लाका १२ टिम सहभागी छन्। आइतबार भएको अरुणोदयमा मावि रामेछापलाई लिखु पिके गाउँपालिका सोलुखुम्बुले सोझो सेटमा हराएको छ। दोस्रो खेलमा लिखु गाउँपालिका ‘सी’ले २-१ सेटमा मन्थली नगरपालिकालाई पराजित गरेको हो। अन्तिम खेलमा साँघुटार युवा क्लब रामेछापले तामाकोशी गाउँपालिका, दोलखालाई सोझो सेटमा पराजित गरेको थियो। 

अध्यक्ष राजन बस्नेतका अनुसार रामेछापबाट मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, साघुँटार युवा क्लब र अरुणोदय मावि रहेका छन्। यसैगरी ओखलढुंगाबाट चम्पादेवी गाउँपालिका र लिखु गाउँपालिकाका ३ वटा टिम सहभागी छन्। दोलखाबाट तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिका, सोलुखुम्बुको लिखु पिके गाउँपालिकाले प्रतियोगितामा भाग लिएका छन्। 

मंगलबार एमाले बागमती प्रदेश सदस्य रत्न गौतमको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण एवम् समारोह हुनेछ। प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय प्राप्त गर्ने सहसचिव निरज पौडेलले जानकारी दिए। नमुनादीप युवा क्लबले आयोजना गरेको पालिकास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले आइतबार  गरेका हुन्।  

क्लबले पालिकास्तरीय प्रतियोगितालाई राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सघाउन पुर्‍याउने विश्वास व्यक्त गरेको छ। ‘लिखु क्षेत्रमा खेल पर्यटन, स्थानीय कला, संस्कृति संरक्षण, खेलाडीको प्रतिभाको प्रस्फुटन तथा प्रोत्साहन गर्ने भएकाले कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.