जनताका समस्या समाधान गर्न सरकार नयाँ ढंगले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

जनताका समस्या समाधान गर्न सरकार नयाँ ढंगले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह
सुन्नुहोस्

चितवन : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन्। नेपाली कांग्रेस चितवनले आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए ।

सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्तासमीकरण बनेको उनको भनाइ छ। मन्त्री सिंहले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । 'पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौं । पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो,'उपप्रधानमन्त्री सिंहले भने । 

नेपाली कांग्रेसको नेतृत्वबाट जारी संघीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गर्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.