मुस्ताङबाट ८३ करोडको स्याउ निकासी

मुस्ताङबाट ८३ करोडको स्याउ निकासी
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा स्याउ निकासीबाट यसवर्ष ८३ करोडको भित्रिएको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यसवर्ष करिब ७ हजार ३३० मेट्रिक टन स्याउ उत्पादन हुँदा उक्त रकम भित्रिएको हो।

कृषि ज्ञान केन्द्र मुस्ताङले स्याउको पोस्ट हाभेस्ट गर्नुअघि किसानको बगैँचामा पुगेर उत्पादन सर्वे गर्ने गर्छ। केन्द्रले जिल्लाका किसानको बगैँचामा पुगेर क्रप कटिङ, स्याउको क्षेत्रफल र स्थानीय किसानसँग प्रत्यक्ष सोधपुछ गरी बर्सेनि स्याउ उत्पादनको तथ्यांक निकाल्ने गर्छ। केन्द्रको प्रारम्भिक अनुमान अनुसार यसवर्ष स्याउ उत्पादन राम्रो भएकाले अहिलेसम्मकै ठूलो रकम स्याउ बिक्री निकासीबाट जिल्ला भित्रिएको जनाएको छ।

यसवर्ष स्थानीय जातका ६ हजार ८० मेट्रिक टन स्याउ उत्पादन भएको हो। यस्तै, इटालीबाट आयात गरिएको उच्चघनत्व प्रविधिमा आधारित स्याउ (हाइब्रिड) १ हजार २५० मेट्रिक टन स्याउ उत्पादन भएको हो। स्थानीय जातका स्याउ प्रतिकेजी ११० रुपैयाँ र हाइब्रिड स्याउ प्रतिकेजी २ सय रुपैयाँमा निकासी हुँदा मुस्ताङमा ८३ करोड रकम भित्रिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख राजेश गुरुङले बताए। ‘स्याउको अझै पुरै डेटा आइसकेको छैन, स्याउ हार्भेस्ट अन्तिम चरणमा छ, कार्यालय प्रमुख गुरुङले भने, ‘तैपनि हामीले सम्बन्धित किसानको बगैँचामा क्षेत्रफल र क्रप कटिङ गरी प्रारम्भिक तथ्यांक निकालेका हौं, यो वर्ष स्याउ उत्पादन अपेक्षाकृत राम्रो भएको देखियो।’

यसवर्ष स्याउ उत्पादन अहिलेसम्मकै उच्च हो। स्याउको फूल फूल्ने समयमा अनुकूलन मौसमसँगै स्याउमा परागसेचन (पोलिनेशन) राम्रो भएकाले यसवर्ष स्याउ उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र मुस्ताङको भनाइ छ। त्यसो त यसवर्ष मुस्ताङका स्याउ किसानको बगैँचामा विभिन्न रोग किराको संक्रमण देखिएको भएपनि केन्द्र, कृषि प्राविधिक र स्थानीय किसानको पहलमा छिटोछरितो नियन्त्रणमा लिन सकेकै कारण स्याउ उत्पादनमा असर नपुगेको हो।

गतवर्ष मुस्ताङमा स्याउ बोटमा प्रतिकूल मौसमका कारण परागसेचन हुन नपाउँदा स्याउ उत्पादन घटेको थियो। त्यसवर्ष मुस्ताङमा ४ हजार ९८५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। केन्द्रका अनुसार जलवायु परिवर्तनको असरका कारण मौसम प्रतिकूल हुँदा स्याउ उत्पादनमा प्रत्यक्ष असर पुगेको थियो। गतवर्षको तुलनामा यसवर्ष २ हजार ३५५ मेट्रिक टन स्याउ बढी उत्पादन भएको हो। पोहोर वर्ष भने मुस्ताङमा ६ हजार ५९६ मेट्रिक टन स्याउ उत्पादन भएको केन्द्रको रेकर्डमा उल्लेख छ। 

पोहोरकै तुलना गर्दा पनि यसवर्ष ७३४ मेट्रिक टन स्याउ बढी फलेको केन्द्रको भनाई छ। त्यसवर्ष मुस्ताङबाट ५१ करोड ३७ लाख बराबरको स्याउ निकासी भएको थियो। गतवर्ष औसत ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएको थियो। गतवर्षको निकासा तथ्यांक हेर्दा यसवर्ष करिब ३० करोडको स्याउ बढी उत्पादन भएको बताइएको छ।

मुस्ताङमा १ हजार ४१५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भइसकेको छ। जसमध्ये ५८५ हेक्टर जमिनमा लगाइएको स्याउ बोटले मात्रै उत्पादन दिने गरेको केन्द्र प्रमुख राजेश गुरुङले बताए। पछिल्लो समय स्याउको क्षेत्रफल विस्तार र उच्चघनत्व प्रविधिको (हाइब्रिड) स्याउ लगाइएकाले स्याउ उत्पादन वृद्धि भएको केन्द्रको बुझाई छ। मुस्ताङमा ८० प्रतिशत स्थानीय जातका स्याउ र २० प्रतिशत हाइब्रिड स्याउको खेती गरिएको छ। हाइब्रिड स्याउ बोटले लगाएको दोस्रो वर्षमै छिटोछरितो स्याउ उत्पादन तथा गुणस्तर राम्रो र थोरै क्षेत्रफलमा धेरै उत्पादन हुने भएकाले यहाँका किसानहरूको ध्यान हाइब्रिड स्याउतर्फ गएको हो।

मुस्ताङका किसानले परम्परागत स्थानीय उन्नत जातका रेड डेलिसियस, रोयल डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियसका स्याउ खेती गरेका छन्। उच्चघनत्वको हाइब्रिडतर्फ गाला, फुजी, गोल्डेन, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्स लगायतका जातका स्याउ खेती गरेका छन्।

स्याउको उत्पादन हुने समय असोज महिनामा पर्यटकीय चहलपहल हुने भएकाले यहाँको कुल उत्पादनको २५ प्रतिशत स्याउ जिल्लामै खपत हुने गर्छ। बाँकी उत्पादित ७५ प्रतिशत स्याउ जिल्ला भित्र र जिल्ला बाहिरका स्याउ व्यापारीले बगैंचा ठेक्का गरी पोखरा-काठमाडौं लगायतका बजारमा पुर्‍याएर बिक्री गर्ने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.