पाल्पामा ब्लड बैंक सञ्चालन हुने

पाल्पामा ब्लड बैंक सञ्चालन हुने
सुन्नुहोस्

तानसेन : पाल्पामा तीन महिनाभित्र ब्लड बैंक सञ्चालनमा आउने भएको छ। नेपाल रेडक्रस सोसाइटी पाल्पाले तानसेनमा ब्लड बैंक सञ्चालनमा ल्याउन लागेको हो। 

ब्लड बैक सञ्चालनका लागि आफ्नै कार्यालयमा ल्याब निर्माण गरिसकेको छ भने आवश्यक उपकरण खरिदका लागि  प्रक्रिया अगाडि बढाएको छ।  ब्लड बैंकको स्थायी भवन निर्माणका लागि सहरी विकास मन्त्रालयबाट १ करोड ५३ लाख र स्वास्थ्य मन्त्रालयबाट उपकरण खरिदका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। 

पाल्पामा ४ वटा ठूला अस्पतालमा सधैं रगतको अभावले बिरामीलाई समस्या पर्ने गरेको छ। पाल्पामा  हाल वार्षिक ४ हजार युनिट रगतको आवश्यकता रहेको छ। सोही कारण कार्यसमितिले ‘हाम्रो ब्लड बैंक हामी बनाउँछौं’ अभियानमा लागेको रेडक्रस पाल्पाका सभापति बाबुराम कार्कीले बताए।   

सहयोग रकम जुटाउन रेडक्रस पाल्पाले यशस्कर र विशिष्ट सदस्यता वितरण गर्दै आएको छ। हालसम्म यशस्कर सदस्यबाट ६ लाख रुपैया र विशिष्ट सदस्यहरूबाट २२ लाख रुपैयाँ,स्मृतिकोषबाट ७ लाख रुपैयाँ, विभिन्न संघ संस्थाबाट ६ लाख ८० हजार रुपैयाँ, देशबाहिर काम गर्न गएका विभिन्न व्यक्तिहरूको संघ संस्थाबाट ३ लाख ९५ हजार गरी ४४ लाख ७५ हजार रुपैयाँ नगद संकलन भएको सभापति कार्कीले जानकारी दिए। 

ब्लड बैंक सञ्चालनका लागि ५ करोड ७५ लाख रुपैयाँ बजेट आवश्यक भएकोमा भवन निर्माण तथा सामाग्री खरिदका लागि २ करोड ३ लाख रुपैयाँ सरकारी स्तरबाट र विभिन्न सहयोगबाट ४४ लाख ७५ हजार नगद मात्र संकलन भएको रेडक्रस पाल्पाले जनाएको छ। सरकारी तथा गैरसरकारी तवरबाट गरी २ करोड ४७ लाख ७५ हजारको मात्र श्रोत सुनिश्चित भएकोमा अझै आधा भन्दा धेरै रकम संकलन गर्नुपर्ने भएकोले सबै पक्षबाट ब्लड बैंक सञ्चालनका लागि सक्दो सहयोग गरिदिन रेडक्रस पाल्पाले अनुरोध गरेको छ। संस्थाले ३ करोड रुपैयाँ मुद्दती गरेर कर्मचारी र प्रशासनिक खर्च सञ्चालन गर्ने योजना बनाएको छ। 

भवन निर्माणका लागि पाल्पा लायन्स क्लब अफ पाल्पाले भुसालडाँडा क्षेत्रमा निःशुल्क जग्गा प्रदान गरेको छ। पाल्पाका ८ गाउँपालिकाले ५ लाखका दरले ४० लाख रुपैयाँ, २ वटा नगरपालिकाले १० लाख रुपैयाँका दरले २० लाख रुपैयाँ अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएको रेडक्रस पाल्पाका पूर्व सभापति बुद्धि प्रसाद शर्माले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.