फरक क्षमता भएका व्यक्तिमाथि आक्रमण गर्ने पक्राउ

फरक क्षमता भएका व्यक्तिमाथि आक्रमण गर्ने पक्राउ
सुन्नुहोस्

विराटनगर : शारीरिक रूपले फरक क्षमता भएका व्यक्तिमाथि विराटनगरमा आक्रमण र लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगर महानगरपालिका–११ का बब भनिने २४ वर्षीय राजकुमार सहनीलाई पक्राउ गरिएको हो। सहनीलाई विराटनगर–११ बसपार्कबाट आइतबार राति पक्राउ गरिएको जानकारी जोशीले दिए। 
सहनीले कात्तिक ४ गते बिहानका राति ३ बजेतिर फरक क्षमता भएका ५० वर्षीय कैलाशकुमार गुरुङलाई आक्रमण गरेर लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आक्रमणबाट गुरुङको दुवै हात भाँचिएको छ। टाउकोलगायत शरीरमा विभिन्न भागमा गहिरो चोट लागेको छ। 

गुरुङ बोल्न र सुन्न सक्दैनन्। इसाराले मात्रै कुरा गर्छन्। आक्रमण गरेर गम्भीर घाइते बनाउँदै उनको साथमा भएको २० हजार रूपैयाँ नगदसमेत लुटपाट गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गोरखाबाट विराटनगर–१६ दरैया आएका गुरुङलाई रोडशेषबाट सीटी सफारीमा राखेर बसपार्क हुँदै महेन्द्र चोक पश्चिमस्थित नयाँ गोल्डेन अस्पतालपछाडि पुर्‍याएर निर्घात कुटपिट गरिएको हो। मरणासन्न हुने गरी कुटपिट गरी २० हजार रूपैयाँ लुटपाट गरेर गुरुङलाई छाडिएको प्रहरीको भनाइ छ। 

गुरुङको पुरानो थातथलो साविकको विराटनगर–२० हो। १५ वर्षअघि ज्ञानबहादुर राईलाई घर तथा जग्गा बेचबिखन गरेर परिवारसहित गोरखा गएका गुरुङ घुम्न विराटनगर आएका बेला आक्रमणमा परेको प्रहरीको भनाइ छ। उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ। 

डीएसपी जोशीले सुक्ष्म अनुसन्धान अघि बढाएर सीसी क्यामेरा फुटेज अध्ययन गरी घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको बताए। पक्राउ परेका सहनीविरुद्ध कुटपिट तथा अंगभंग शीर्षकमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.