अनलाइनमार्फत १७ लाख बढी ठगी गर्ने भारतीय नागरिक पक्राउ

अनलाइनमार्फत १७ लाख बढी ठगी गर्ने भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

काठमाडौं : अनलाइनमार्फत १७ लाख बढी ठगी गर्ने एक जना भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारत उडिसाका ३० वर्षीय राजिब महानन्दलाई पक्राउ गरेको हो।

ह्वाट्सएपको दुरुपयोग गरी पीडितलाई सुनको गरगहना, आइफोनलगायतका सामान पार्सल गरी पठाउने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक-पटक गरी १७ लाख ८२ हजार ठगी गरेको प्रहरीको भनाइ छ। 

उनलाई मोरङको बेलबारी नगरपालिका-४ स्थित नोबेल सामुदायिक अस्पताल छेउबाट पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ। 

उनको साथबाट ४ थान मोबाइल, ४ थान डेबिट कार्ड, भारतीय दूतावासबाट जारी भएको परिचयपत्र र भारतको आयकर विभागको कार्ड र एनआईसी एसिया बैंकको चेकबुक बरामद गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.