झापामा ११ लाख ८१ हजारको पटाका नष्ट
झापा : तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको करिब ११ लाख ८१ हजार बारुदजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।
प्रतिबन्धित पटाका जिल्ला विभिन्न नाकाबाट चोरी तस्करीको माध्यमबाट नेपाल भित्राइएको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका डीएसपी महेशराज विष्टले बताए।
बरामद गरिएको ९ बोरा विभिन्न ब्रान्डका पटाकाहरूलाई सोमबार दिउँसो गणभित्रै खाल्डो खनी नष्ट गरिएको डीएसपी विष्टले बताए।