कृषकलाई गहुँको बिउ वितरण

कृषकलाई गहुँको बिउ वितरण
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषकहरूको मागका आधारमा गहुँको बिउ वितरण गरेको छ। 

सन्धिखर्क नगरपालिका अर्घाखाँचीको कृषि शाखाले किसानको मागको आधारमा ५० प्रतिशत अनुदानमा १ सय २० क्विन्टल गहुँको बिउ वितरण सुरु गरेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए। 

कृषकलाई उन्नत जातको गहुँको बिउ वितरण गर्दै नगर उपप्रमुख मिश्रा आचार्यले  नगरलाई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै उत्पादनमा वृद्धि गर्ने उद्देश्य अनुसार बिउ वितरण सुरु गरेको बताइन्। 

कृषि शाखाका अनुसार कृषि समूह, सहकारी, व्यक्तिगत फर्मको  निवेदकका आधारमा २ सय ८५ जना कृषकलाई गौतम र स्वर्गद्धारी जातको गहुँको बिउ वितरण सुरु भएको शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.