एयर इण्डियाको विमानमा भेटिएन शंकास्पद् बस्तु
काठमाडौं : काठमाडौंबाट भारतको नयाँ दिल्ली आज उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुको चेकजाँच गरिएको थियो।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एयर इण्डियाको विमानमा बमको हल्लापछि विमान र यात्रुको चेकजाँच गरिएको हो। विमानमा कुनै शंकास्पद् वस्तु फेला नपरेको उनको भनाइ छ।
'भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला फैलाइएको थियो। तर, त्यस्तो कुनै शंकास्पद् बस्तु फेला परेन,' प्रवक्ता कार्कीले भने।
एयर इण्डियाको एआई-२१६ विमानमा बमको हल्ला फैलिएको थियो। दिउँसो २ बजे काठमाडौं विमानस्थलमा उक्त विमान अवतरण गरेको थियो।