चाडपर्वको मौका छोपेर वीरगन्जका मिठाई पसलेहरूले हानिकारक मिठाई बेच्दै

चाडपर्वको मौका छोपेर वीरगन्जका मिठाई पसलेहरूले हानिकारक मिठाई बेच्दै
सुन्नुहोस्

वीरगन्ज :वीरगन्जमा रहेका मिठाई पसल र मिठाई होटलहरूले चाडपर्वको मौका छोपेर स्वास्थ्यमा हानी गर्ने मिठाईहरू बिक्री वितरण गर्दै आएका छन्। खान नै अयोग्य विभिन्न रसायन (केमिकल) र म्याद सकिएका वस्तुबाट बनाइएका मिठाई उनीहरूले बिक्री गर्दै आएको घटना एकपछि अर्को गर्दै खुलेको छ।

सोमबार पनि बजार अनुगमन समितिले वीरगन्जका दुई वटा मिठाई पसलमा अनुगमनका गर्दा दुवै मिठाई पसलमा झिंगा भन्किएका, म्याद सकिएका केमिकल र हाइड्रो पाउडर हालेर बनाइएका तथा धेरै दिनको बासी रसभरी, पेडा, बर्फी लगायतका मिठाईहरू फेला परेको छ।

सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसिया नेतृत्वको टोलीले वीरगन्ज–१६ नगवाको जयहिमाल मिष्टान्न भण्डार र वीरगन्ज–६ मिनाबजारको गणेश मिष्ठान भण्डारमा अनुगमन गरेको हो। अनुगमनका क्रममा जयहिमाल मिष्टान्न भण्डारमा धेरै दिनको बासी र रसमा झिंगा डुबेर मरेको भाँडामा राखिएको रसभरी र पेडा फेला परेको, म्याद सकिएको हाइड्रो पाउडर भेटिएको , मिठाई बनाउने भान्छा फोहोर रहेको र पसल बिना दर्ता नै सञ्चालन गरिएको अवस्थामा भेटिएको छ। 

उपभोक्ताको स्वास्थ्यसँग गम्भीर खेलवाड गर्ने उक्त मिष्ठान भण्डारका सञ्चालक जुमादिन मियाँलाई ५० हजार रुपैयाँ जरिवाना गगरिएको तथा खान अयोग्य मिठाईहरू नष्ट पनि गरिएको अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अजित भुजेलले जानकारी दिए।  

यस्तै सोमबार नै वीरगन्ज–६ मिनाबजारको गणेश मिष्ठान भण्डारमा अनुगमन गर्दा त्यहाँ पनि खान अयोग्य रहेको लड्डु बिक्रीका लागि राखिएको, मिठाई बनाउने भान्छा फोहोर रहेको भेटिएपछि उसका सञ्चालक जितेन्द्र कलवारलाई २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीका प्रमुख चौरसियाले जानकारी दिए।

सोमबार नै वीरगन्जका दुई वटा फलफूलका थोक पसलमा पनि अनुगमन गरिएको उनले जानकारी दिए। वीरगन्ज–६ मिनाबजारको कृष्ण फ्रुट सप्लायर्स र ओम फ्रुट सप्लार्यमा बजार अनुगमन समितिले अनुगमन गरेको हो। अनुगमनका क्रममा दुवै फ्रुट सप्लार्यसमा भण्डारण गरिएका केरा पकाउन खान अयोग्य रसायन र फिटकीरी प्रयोग गरिएको तथा बिना दर्ता पसल सञ्चालन गरेको भेटिएको चौरसियाले जानकारी दिए। 

दुवै सप्लार्यसका सञ्चालहरू मिरादेवी साह र ओम प्रसादलाई जनही ५०/५० हजार रुपैयाँ जरिवाना गरिएको चौरसियाले बताए।
चाडपर्व लक्षित सोमबारको अनुगमनमा वीरगन्ज होटल तथा पर्यटन व्यवसायी संघ, उपभोक्ता हित संरक्षण मञ्च ,वीरगन्ज उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालयका पनि प्रतिनिधिहरू सहभागी थिए।
 
यसअघि आइतबा पनि अनुगमन गर्दै बजार अनुगमन समितिले अखाद्य लड्डु बनाएर मिठाई पसलहरूमा बिक्री गर्ने वीरगन्जका दुई वटा लड्डु उद्योग सिल गरेको थियो भने त्यस्ता लड्डु बिक्री गर्ने क्षीरसागर मिठाई पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको थियो। 
000


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.