अमेरिकामा कमललाई तीन पदक

अमेरिकामा कमललाई तीन पदक
सुन्नुहोस्

काठमाडौं : नेपालका कमल मगरले अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा दुई स्वर्ण र एक रजत गरी तीन पदक जितेका छन् । अमेरिकाको फ्लोरिडामा नोभेम्बर २६ र २७ तारिखमा भएको मिक्स मार्सल आर्ट्सको प्रतियोगितामा कमलले पुरुष ब्ल्याक वेल्टको सफ्ट स्टायल र ट्रेडिसनल चाइनिज वेपन्समा स्वर्ण तथा ग्रान्ड च्याम्पियन खुलाको फम्समा रजत पदक जितेको नेपाल उमा कुङफु संघले जनाएको छ ।

यसअघि कमलले आफ्नो खेल करियरमा विभिन्न राष्ट्रमा भएको प्रतियोगितामा ६ स्वर्ण, तीन रजत र चार कांस्य जितेका छन् । कमलले थाइल्यान्डमा सन् २०१८ मा भएको विश्व च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत, सन् २०१८ मै इङ्ल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा एक स्वर्ण र एक कांस्य तथा क्रोएसियामा सन् २०१९ मा भएको वल्र्ड मार्सल आर्ट्स गेम्समा दुई स्वर्ण जितेका थिए ।

यस्तै अस्ट्रियामा सन् २०१९ मा भएको विश्व कपमा दुई रजत र एक कांस्य तथा इङ्ल्यान्डमा सन् २०२३ मा भएको युरोपियन च्याम्पियनसिपमा एक स्वर्ण र एक कांस्य जितेका थिए । उनले सन् २०२० मा भएको भर्चुअल इन्टरनेसनल पेन्डामिक मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि एक स्वर्ण र एक कांस्य हात पारेका थिए । कमलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्दै आएका छन् ।

यसैगरी अनुप थापाले पुरुष ७० केजीमुनि ओरिएन्टल बक्सिङ लाइट वेटमा स्वर्ण, लाइट कन्ट्याक्ट र एमएमए लाइट, ओपन क्लासमा रजत तथा किक लाइटमा कांस्य पदक जितेका थिए । यसअघि अनुपले जापानको टोकियोमा भएको विभिन्न संस्करणको सुक वाङकिन्थोङ मुवाँथाइमा चार स्वर्ण हात पारेका थिए ।

सोही प्रतियोगितामा नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । सिद्धार्थ र अनुप अमेरिकाको न्युयोर्कबाटै प्रतियोगितामा सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.