कुरोको चुरो

कुरोको चुरो
सुन्नुहोस्

प्राचीन ग्रिसका महान् दार्शनिक सुकरातलाई भेट्न एकदिन एकजना आगन्तुक आएछन्। आगन्तुक सुकरातलाई उनका एक शुभेच्छुकको गोप्य कुरा सुनाउन आएका रहेछन् । उनले आउनासाथ हतारहतार भनेछन् 

आगन्तुक  :  साँच्चै उहाँको बारेमा त अर्कै हल्ला रहेछ नि है ? के तपाईंलाई थाहा छ ? 
सुकरात  :  थाहा छैन। तर के त्यो असल कुरा हो ? 

आगन्तुक  :  असल कुरा त होइन। 
सुकरात  :  असल नभए पनि त्यो कुरा सुन्दा कुनै फाइदा हुन्छ त ? 
आगन्तुक :  उस्तो फाइदा त हुँदैन। 
सुकरात  :  असल होइन र फाइदा छैन भने पनि तिमीले भनेको कुरा सत्य त होला नि ? 
आगन्तुक  :  सत्य पनि हो कि होइन यसै भन्न सक्तिनँ। मैले त अरूले भनेको सुनेको मात्रै।
सुकरात  :  जुन कुरो तिमी भन्न लाग्दैछौ त्यो असल छैन फाइदाजनक छैन र सत्य पनि होेइन भने मैले तिम्रो कुरा सुनेर  के पाउँछु ? तिमीले मलाई सुनाएर के पाउँछौ ? सुकरातको यस्तोे कुरा सुनेर ति आगन्तुक कालोनीलो हुँदै माफी मागेर त्यहाँबाट बाहिरिएछन्। 

साँच्चिकै हामी दुई, चार जना भेला भैयो भने राम्रा, सकारात्मक,  सिर्जनशील र काम लाग्ने कुराहरू गर्न छोडेर अरूका कुराहरू चाख मानीमानी कतिले सुन्छौं ? र मिठो खानेकुरा खाएभन्दा जिब्रो मज्जाले फट्कार्छौ ? कहिलेकाहीँ त यस्ता कुरा सत्य हो कि होइन ? अनि योे कुरा सुन्दा आपूmलाई  फाइदा गर्छ कि गर्दैन ? भन्ने थाहा नपाउँदा नपाउँदै पनि कुराहरू सुनेर तिनै कुरा माथि हामी थप जिज्ञासु बनिदिन्छौं। अनि के  कामको लागि भेला भइएको छ त्यो कुरालाई ओझेलमा पार्दै  त्यतैको रसमा भिजिदिन्छौं। अनि त्यहीँ कुरा गर्ने मान्छेमध्येको कोही एकजना मान्छे त्यहाँबाट उठेर हिँड्यो भने फेरि उसैका कुरा गर्न पनि पछि पर्दैनौं। यो मान्छेको स्वभावै त होला ?  कि खै के भन्ने ? 

यी भए ठूलाका कुरा यस्ता भेटघाटहरूमा आफ्ना छोराछोरी  लिएर गएका छौं भने पनि यस्तै कुराहरूमा हामी ठूलाले अल्मलिन मिल्ला ? यो कुरा हामीले कतिको ख्याल गर्ने गरेका छौं ? कतै हामी पल्लो कुर्सीमा बच्चालाई मनपर्ने खाना दिएर अर्काे कुर्सीमा बसेर कसैका नराम्रो कुराहरू त गरिरहेका छैनौं ? सुकरातले भने भैmं जुन कुराले हामीलाई सामाजिक, आर्थिक र मानसिक रूपमा फाइदा नै पुर्‍याइरहेको छैन भने हामीले त्यस्ता कुरा किन गर्ने ? ।  अनि मनपर्ने खाना भन्ने बित्तिकै बच्चाले हाम्रा कुराहरू नसुनिरहेको हुन सक्ला र ? यो कुरामा कतिपयले ध्यानै नदिएको पनि मैले देखेकी छु र कतिपय अभिभावकहरू आफ्नो बच्चा आउनासाथ चुपचाप लागेको र कुरा मोडेको पनि मैले देखेकी छु। हो बच्चाहरूको अगाडि त कसैको नराम्रो कुराहरू त बिल्कुलै गर्न हुन्न नै तर हामीले पनि बच्चा आउँदा मात्र चुप नलागेर आफूलाई फाइदा छैन भने किन समय बर्बाद गरेर अरूको नराम्रोे कुराहरू गरिरहने। भेट भएका मध्य कोही न कोहीसँग आआफ्नो क्षमताअनुसारको ज्ञान, सीप त हुन्छ नै। त्यो समयको सदुपयोग यस्तै आफूले जानेका राम्राराम्रा कुराहरू सेयर गरेर किन  नगर्ने ? 

मैले भर्खरै सामाजिक सञ्जालमा एउटा कार्टुन देखेँ। कुनै पेजले पोस्ट गरेको  त्यो कार्टुनलाई मैले नियालेर हेरें। एकदमै मार्मिेक त्यो कार्टुनलाई धेरैले हाहा रियाक्ट गरेका थिए। ती हाहा रियाक्ट गर्नेहरूको नाम सररर हरेँ र तिनीहरूलाई मैले मनमनै बिचरा भने। तिमीहरू कस्तो अभिभावक बन्दैछौ ? भनेर मनमनै प्रश्न गरें। त्यो कार्टुनमा देखाइएको थियो एकजना अभिभावकले बोलेको तुच्छ वचनले बालबालिकामा कस्तो असर पर्छ र ऊ त्यहीअनुसार कसरी अगाडि बढ्छ र त्यही कारणले त्यो बच्चाले अरूलाई कसरी पीडा दिन पुग्छ ? एकजना आमाको जिब्रोले बच्चाको मस्तिष्क छेड्दै त्यही जिब्रोले अर्काे पात्रमा कसरी आफ्नो बच्चामार्पmत प्रवेश गरेर उसलाई हमला गरिरहेको हुन्छ भन्ने मात्रै होइन त्यो आफ्नो बच्चा अहिले नै त्यति अराजक देखिएको छ भने भोलि गएर उ कस्तो हुने होला ? त्यो सानो कार्टुनले दिन खोजेको शिक्षा थियो यो। त्यो कार्टुन चित्र मनमा गडिरहँदा त्यही दिन मैले पढ्न पुगे सुकरातका यी माथिका लाइनहरू।

यी लाइनहरू पढ्दै गर्दा मेरो छोराको बाल्यकालको एउटा कुरा याद आयो। हाम्रो अलि परको एकजना महिला नातेदार हुनुहुन्थ्यो। उहाँको घरमा पुग्न पाएको छैन  भए भरका मान्छेका कुरा गर्न थाल्ने अनि धेरै नेगेटिभ कुराहरूलाई मात्रै प्राथमिकतामा राख्ने। कसैका राम्रा कुराहरू त मैले उहाँबाट कहिले सुन्नै पाएकै थिएन। यस्तै कुराहरूले वाक्क भएर उनको घरमा जानै नपरे पनि हुने नि जस्तो लाग्थ्यो तर बाध्यताले पनि जानैपर्ने। एकदिन बाबु लिएर उनको घरमा पुगेकी थिएँ। उनी त्यसरी नै बर्बराउँदै कसैका कुरा काट्नमा व्यस्त भइन्। मलाई त्यो बेला  बाबुले त्यो कुरा सुन्ला र मनमा लेला भन्ने नै लागेन। उनको बानी त्यस्तै हो भनेर के कामको लागि गएकी थिएँ त्यो सकेर फरक्कै फर्के। 

त्यसको केही दिन पछाडि हाम्रो घरमा एकजना नातेदार आउनु भयो। बाबु पनि नजिकै बसिरहेको थियो अचानक उसले जुरुक्क उठेर भन्यो “हजुर त कति खराब हुनुहुन्छ अरे। हामी सबै छक्क पर्‍यौं। मैले तुरुन्तै छेउमा पुगेर सोधे “के भनेको 

त्यस्तो ? कसले भन्यो तिमीलाई ? उसले ढुक्कैले भन्यो फलानो ठाउँको फलानो हजुरआमाले। अनि पो म झसंग भएँ। अनि होइन उहाँले त यसो पो भन्नुभएको भनेर कुरा मिलाएर उसलाई अन्तैतिर ध्यान लगाइदिएँ। अहिले बाबु ठूलो भइसक्यो। कुरा बुझ्ने भइसक्यो तै पनि त्यो बेलाको कुरा उसको मनमा गडिनै रहेको छ। मलाई त्यो दिन फिल भयो बालबालिकाहरूले नजानिँदो तरिकाले कसरी ठूलाका कुरालाई मनमा लिइरहेका हुँदा रहेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.