‘नमुनादीप कप’ भलिबल : रामेछाप, ओखलढुंगा र सोलुखुम्बुको टिम सेमिफाइनलमा

‘नमुनादीप कप’ भलिबल : रामेछाप, ओखलढुंगा र सोलुखुम्बुको टिम सेमिफाइनलमा
सुन्नुहोस्

रामेछाप : रामेछापमा जारी ‘नमुनादीप कप’ भलिबल प्रतियोगिताका क्वाटर फाइनलका खेल सकिएका छन्। आज बिहान अरुणोदय मावि सैपुमा भएको बाँकी दुई खेलपश्चात लिखु पिके गाउँपालिका सोलुखुम्बु, लिखु गाउँपालिका ‘ए’ ओखलढुंगा, गोकुलगंगा गाउँपालिका रामेछाप र लिखु तामाकोशी गाउँपालिका, रामेछाप सेमिफाइनलमा प्रवेश गरेका हुन्।

आज बिहान भएको क्वाटर फाइनलको तेस्रो खेलमा साँघुटार युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै गोकुलगंगा गाउँपालिका सेमिफाइनल प्रवेश गरेको छ। साँघुटारलाई २६-२८, २३-२५ को अंकले पछि पार्दै गोकुलगंगा सेमिफाइनल प्रवेश गरेको हो।

त्यसैगरी चौथो खेलमा लिखु तामाकोशी गाउँपालिकाले लिखु गाउँपालिका ‘बी’ ओखलढुंगालाई सोझो सेटमा पराजित गरेको हो। लिखु तामाकोशी २५-१९ र ३१-२९ ले विजयी भएको हो।

यस अगाडि सोमबार भएको क्वाटर फाइनलको पहिलो खेलमा तामाकोशी गाउँपालिका, दोलखालाई सोझो सेटमा हराउँदै लिखु पिके सेमिफाइनल प्रवेश गरेको थियो। दोस्रो खेलमा लिखु ‘सी’ लाई हराउँदै लिखु गाउँपालिका ‘ए’ पनि सेमिफाइनलमा प्रवेश गरेको नमुनादीप युवा क्लबका अध्यक्ष राजन बस्नेतले जानकारी दिए।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय प्राप्त गर्ने सहसचिव निरज पौडेलले जानकारी दिए। दशौं संस्करणको नमुनादीप कप पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको पुरस्कार वितरण एवम् समापन समारोह नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य रत्न गौतमको आतिथ्यतामा मंगलबार हुने उनले बताए। प्रतियोगिताका लागि गौतमले सबैभन्दा धेरै दुई लाख रुपैयाँ सहयोग गरेका छन्। यसैगरी लिखु तामाकोशी गाउँपालिकाले १ लाख र सैपु वडा कार्यालयले तृतीय पुरस्कार प्रायोजन गरेको छ।

प्रतियोगितामा रामेछाप, ओखलढुंगा, सोलुखुम्बु र दोलखा जिल्लाका १२ टिम सहभागी थिए। यसैबीच आज दिउँसो टग अफ वार प्रतियोगिताको पनि आयोजना गर्ने जनाएको छ। टग अफ वारका विजेताले २० हजार र उपविजेता टोलीले १० हजार नगदसहित शिल्ड पाउने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.