दु:खका बेला कांग्रेस सदैव जनतामाझ रहन्छ : सभापति देउवा

दु:खका बेला कांग्रेस सदैव जनतामाझ रहन्छ : सभापति देउवा
सुन्नुहोस्

काठमाडौं : असोज ११ र १३ गतेको बाढी पहिरोमा परि ललितपुरमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको समन्वय तथा सहजीकरणमा मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परि ललितपुरमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद सहयोग हस्तान्तरण गरेका हुन्।

आर्थिकका सहयोगका लागि कांग्रेस सांसद मोहन बहादुर बस्नेतले सहयोग तथा संयोजक गरेका थिए भने सिन्धुपाल्चोकका बाह्रविसे नगरपालीका, भोटेकोशी गाँउपालीका लगायत स्थानीय तहले समेत सहयोग गरेका थिए।

कार्यक्रमका कांग्रेस सभापति देउवाले बाढी पहिरोका कारण भएको धनजनप्रति दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। । उनले दु:खका बेला कांग्रेस सदैव जनतामाझ रहने प्रतिवद्धता जनाए।

त्यस्तै कांग्रेस सांसदबस्नेतले प्राकृतिक प्रकोपबाट पीडितहरूलाई सहयोग गर्नका लागि आफू सदैव अघि बढ्ने बताए। मानवीय संवेदनशीलताका आधारमा एउटा नेपालीलाई दु:ख पर्दा अर्को नागरिकले सहयोग गर्नु सबैको कर्तव्य भएको उनले बताए।

असोज ११ र १३ गतेको बाढी पहिरोमा परि ललितपुरमा मात्रै ४० भन्दा बढिको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.