टक्सार महाशाखामा सुनका असर्फी किन्नेहरूको भिडभाड
काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहार लक्षित गर्दै सुनका असर्फी बिक्री सुरू गरेको छ। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागअन्तरगतको बबरमहलस्थित टक्सार महाशाखाले आजदेखि सुनका असर्फी बिक्री सुरू गरेको हो।
तिहारमा बिक्रीका लागि आह्वान गरेपछि मंगलबार सुनका असर्फी किन्नेहरुको घुइँचो लागेको छ। सुनको असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटा मात्रै असर्फी किन्न पाउनेछन्। टक्सार महाखाशाले २.५ ग्राम तौलका सुनका असर्फी बिक्री गरिरहेको छ।
राष्ट्र बैंकले चाँदीका सिक्का भने आइतबारदेखि नै बिक्री खुला गरेको थियो। बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियनको दर २२ सय रुपैयाँ तोकेको छ भने गाई मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैयाँ तोकेको छ।
बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का विक्री वितरण गर्दै आएको छ।