एनआईएमबी एस क्यापिटलले ल्यायो धनतरेस अफर

एनआईएमबी एस क्यापिटलले ल्यायो धनतरेस अफर
सुन्नुहोस्

काठमाडौं : एनआइएमबी एस क्यापिटल लिमिटेडले धनतेरसको अवसर पारेर ग्राहकहरूका लागि नयाँ अफर ल्याएको छ।  जसअन्तर्गत तीनजना भाग्यशाली विजेताहरूले १/१ हजार इकाई उपहारस्वरुप पाउनेछन् । यस योजनामा योग्य हुनका लागि ग्राहकहरूले एनआइएमबीबाट हितग्राही खाता खोली एसआईपी  रजिस्ट्रेसन गर्नुपर्नेछ । 

कार्तिक १३ गते अर्थात् धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्नेछ । 

कार्तिक १३ गते राति ११ :५९ बजे सम्म रजिस्ट्रेसन गरेकोहरू मात्र लक्की ड्रमा पर्नसक्नेछन् । यस योजनाका विजेताहरूको घोषणा भने कार्तिक १४ गते एनआइएमबी एस क्यापिटलको आधिकारिक फेसबुक मार्फत लाइभ गरिनेछ।

 
एनआईएमबी एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआईबिएल म्युचुअल फण्डअन्तर्गत विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएको छ । हाल एनआइएमबी एस क्यापिटलले १० अर्ब रूपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवाअन्तर्गत लगानीकर्ताको ६ अर्ब रूपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै वित्तीय क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.