‘नमुनादीप कप’ भलिबल : अँध्यारो भएपछि फाइनल खेल स्थगित, गोकुलगंगा तृतीय

‘नमुनादीप कप’ भलिबल : अँध्यारो भएपछि फाइनल खेल स्थगित, गोकुलगंगा तृतीय
फाइनल प्रवेश गर्ने टिम (माथिल्ला)
सुन्नुहोस्

रामेछाप : ‘नमुनादीप कप’ भलिबलको फाइनल खेल बुधबार बिहान पुन: खेलाइने भएको छ। मंगलबार  लिखु गाउँपालिका ‘ए’ ओखलढुंगा र लिखु तामाकोशी गाउँपालिका रामेछापबीच अरुणोदय मावि सैपुमा भएको पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगितामा दुवै टिमले २-२ सेट जितेका थिए।null तर, बाँकी खेल खेलाउनका लागि अँध्यारो भएपछि नियमानुसार रेफ्रिले बुधबार बिहान ७ बजेबाट फाइनल खेल खेलाउने निर्णय लिएको आयोजक नमुनादीप युवा क्लबका अध्यक्ष राजन बस्नेतले जानकारी दिए।

null

यसैबीच दशौं संस्करणको नमुनादीप कपमा गोकुलगंगा गाउँपालिका रामेछापले तृतीय स्थान हासिल गरेको छ। लिखु पिके गाउँपालिका सोलुखुम्बुलाई सोझो सेटमा पराजित गर्दै गोकुलगंगा तृतीय भएको हो।null

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय प्राप्त गर्ने सहसचिव निरज पौडेलले जानकारी दिए। प्रतियोगिताका लागि एमाले नेता रत्न गौतमले सबैभन्दा धेरै दुई लाख रुपैयाँ सहयोग गरेका थिए। क्लबले  विभिन्न दाताहरुसँग रकम संकलन गरेर प्रतियोगिता गरेको हो। 

प्रतियोगितामा रामेछाप, ओखलढुंगा, सोलुखुम्बु र दोलखा जिल्लाका १२ टिम सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.