५० लाखको सुनसहित बुटवलबाट दुई जना पक्राउ

५० लाखको सुनसहित बुटवलबाट दुई जना पक्राउ
सुन्नुहोस्

भैरहवा : रुपन्देही प्रहरीले झण्डै ५० लाख मूल्य बराबरको सुनसहित बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका-८ का ३३ वर्षीय अकबर अलि मिया र सोही नगरपालिकाका-७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका सञ्चालक सन्तोष सुनार रहेको प्रहरीले जनाएको छ।

 
कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा राजश्व छलेर भित्र्याइएको सुन ल्याइएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

बुटवलको रामनगरमा उक्त बसमा चेकजाँच गर्दा पक्राउ परेका व्यक्तिहरूको साथबाट २९ तोला ५८ दशमलव १ लाल सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी लक्ष्मी खनालले जानकारी दिइन्।
 
उनका अनुसार ४९ लाख ५४ हजार बढी मूल्य बराबरको बरामद सुन बिस्कुट आकारमा छ। बरामद सुन र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.