रात्रि बसमा यात्रुको पकेट मार्ने ३ जना पकेटमार पक्राउ

रात्रि बसमा यात्रुको पकेट मार्ने ३ जना पकेटमार पक्राउ
सुन्नुहोस्

हेटौंडा : मकवानपुर प्रहरीले बसमा सवार यात्रुको पकेट मार्ने ३ जनालाई पक्राउ गरेको छ। 

सोमबार राती करिब ११ बजे हेटौंडाबाट लोथर जाँदै गरेको ना ५ ख ८१०१ नम्बरको रात्रि बसमा सवार मकवानपुरको मनहरी गाउँपालिका-६ बस्ने ४९ वर्षीय भरत गौतमको साथमा रहेको ५१ हजार रुपैयाँ पकेट मारेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार उक्त घटनाको सुचना प्राप्त हुनसाथ तत्काल इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-६ बस्ने ३२ वर्षीय लाक्पा तामाङ, जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१० बस्ने ४२ वर्षीय प्रेम दोर्जे शेर्पा र जिल्ला धनकुटा छथर गाउँपालिका-३ बस्ने ३७ वर्षीय हेमराज श्रेष्ठलाई शंका लागी खानतलासी गर्दा उनीहरूको साथबाट चोरी भएको रकम फेला पारि पकाउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले चोरीको रकम सहित लाक्पा तामाङ, प्रेम दोर्जे शेर्पा र हेमराज श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.