कीर्तिपुरमा राप्रपाको मेयर उम्मेदवार ध्रुव महर्जन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकामा मेयरसहितका उम्मेदवार घोषणा गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कीर्तिपुर नगरापालिकाका मेयर पदमा ध्रुव महर्जनको उम्मेदवारी घोषणा गरेका हुन्।
त्यस्तै सोही नगरपालिकाको वडा नं १ का वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नं ४ का वडाध्यक्षमा विजेश बस्नेतलाई उम्मेदवार बनाएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रचार कार्यालयको पनि उद्घाटन गरिएको उनले बताए।