भूमि समस्या समाधान आयोग गठन गर्ने सरकारको निर्णय, अध्यक्षमा रिजाल
काठमाडौं : सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको बताए। 'प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन भएको छ। समिति ८ सदस्यीय रहनेछ,' उनले भने।