ग्लोबल आईएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता
काठमाडौं : ग्लोबल आईएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच सम्झौता भएको छ। अब विश्वको कुनै पनि देशबाट नेपालमा ग्लोबल रेमिटमार्फत सजिलै पैसा पठाउन सकिने भएको छ।
यस सम्झौताअनुसार देशबाहिर रहेका नेपालीहरूले आफ्नो तथा परिवारको बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिटेन्स पठाउन सक्नेछन्।
युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आइरहेको छ।
यसरी यूएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत पठाएको पैसा ग्लोबल आईएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू वा नेपालभरि रहेको आईएमई लिमिटेडको ५० हजारभन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ।
प्रतिक्रिया दिनुहोस !
८