उपाधिको होडमा रामेछाप र ओखलढुंगा

उपाधिको होडमा रामेछाप र ओखलढुंगा
सुन्नुहोस्

रामेछाप : ‘नमुनादीप कप’ पालिकास्तरीय खुल्ला भलिबलको फाइनल खेल सुरु भएको छ। मंगलबार लिखु गाउँपालिका ‘ए’ ओखलढुंगा र लिखु तामाकोशी गाउँपालिका रामेछापबीच अरुणोदय मावि सैपुमा भएको खेलमा दुवै टिमले २-२ सेट जितेका थिए। तर, बाँकी खेल खेलाउनका लागि अँध्यारो भएपछि नियमानुसार रेफ्रिले आज खेलाउने निर्णय लिएका हुन्। 

फाइनल खेल केहि समय अगाडि सुरु भएको आयोजक नमुनादीप युवा क्लबका अध्यक्ष राजन बस्नेतले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय पाउनेछन्।

null

यसैबीच दशौं संस्करणको नमुनादीप कपमा गोकुलगंगा गाउँपालिका रामेछापले तृतीय स्थान हासिल गरेको छ। लिखु पिके गाउँपालिका सोलुखुम्बुलाई सोझो सेटमा पराजित गर्दै गोकुलगंगा तृतीय भएको हो। तेस्रो हुने टोलीले शिल्डसहित ५० हजार ५ सय प्राप्त गरेको सहसचिव निरज पौडेलले जानकारी दिए।

प्रतियोगिताका लागि एमाले नेता रत्न गौतमले सबैभन्दा धेरै दुई लाख रुपैयाँ सहयोग गरेका थिए। पालिकास्तरीय प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सघाउने र लिखु क्षेत्रमा खेल पर्यटन विकास गर्न भलिबल आयोजना गरेको क्लबले जनाएको छ। क्लबले विभिन्न दाताहरुसँग रकम संकलन गरेर प्रतियोगिता गरेको हो ।

प्रतियोगितामा रामेछाप, ओखलढुंगा, सोलुखुम्बु र दोलखा जिल्लाका १२ टिम सहभागी थिए। प्रतियोगितामा लिखु गाउँपालिकाबाटै ३ टिम दर्ता भएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.