सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन २२ सयले बढ्यो
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै आएको छ। मंगलबार तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो।
आज एकैदिन २२ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्यसँगै चाँदीको भाउ पनि बढेको छ। प्रतितोला चाँदी २१ सय २० रुपैयाँ पुगेको छ। मंगलबार २ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।