परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

काठमाडौं : परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा अनुमोदन भएकी छन्। बुधबार बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो।

साउन ३२ गते मन्त्रिपरिषद् बैठकले उनलाई बेल्जियमको राजदूतमा सिफारिस गरेको थियो। सरकारले राजदूत पदमा सिफारिस गरेपछि लम्सालको संसदीय सुनुवाईका लागि भाद्र ५ गते परराष्ट्र मन्त्रालयले समितिमा पत्र पठाएको थियो ।

समितिमा लम्सालविरुद्ध एउटा उजुरी  प्राप्त भएको थियो । समितिमा लम्सालको सुनुवाइ गरेपछि योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतले उनको नाम अनुमोदन गरिएको समिति सदस्य पशुपति शम्शेर जबराले जानकारी दिए।

अनुमोदन अघि उनले बैठकमा आफ्नो कार्ययोजना पेस गरेकी थिइन्। सो क्रममा उनले दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने बताएकी थिइन्।

त्यस्तै उनले वैदेशिक लगानी भित्राउने, नेपालको हवाई क्षेत्रलाई इयुको कालोसूचीबाट हटाउने लगायतका पहल गर्ने समेत धारणा राखिइन्।  संसदीय सुनुवाइ समितिले लम्साललाई अनुमोदन गरेसँगै राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.