‘नमुनादीप कप’ भलिबलको उपाधि लिखु तामाकोशी गाउँपालिकालाई

‘नमुनादीप कप’ भलिबलको उपाधि लिखु तामाकोशी गाउँपालिकालाई
विजेता टोली।
सुन्नुहोस्

रामेछाप : ‘नमुनादीप कप’ को उपाधि लिखु तामाकोशी गाउँपालिका रामेछापले उचालेको छ। बुधबार बिहान अरुणोदय मावि सैपुमा लिखु गाउँपालिका ‘ए’ ओखलढुंगासँग भएको खेलमा लिखु तामाकोशीले ३-१ को सेटमा ‘नमुनादीप कप’ को उपाधि हात पारेको हो।

null

पहिलो सेट  १९-२५ अंकमा हारेको लिखु तामाकोशीले लगातार २५-२१ ,२५-२१,२५-२२ अंक ल्याउँदै विजयी भएको आयोजक नमुनादीप युवा क्लबका अध्यक्ष राजन बस्नेतले जानकारी दिए। मंगलबार दुवै टिमले २-२ सेट जितेका थिए। तर, बाँकी खेल खेलाउनका लागि अँध्यारो भएपछि नियमानुसार रेफ्रिले बुधबार पुन : खेलाउने निर्णय लिएका हुन्। 

प्रतियोगिताको विजेता टोली लिखु तामाकोशीले १ लाख १ हजार ५ सय र उपविजेता बनेको लिखुले ७५ हजार ५ सय नगदसहित शिल्ड, मेडल पाएको सहसचिव निरज पौडेलले जानकारी दिए। 

null

उनका अनुसार दशौं संस्करणको नमुनादीप कपमा गोकुलगंगा गाउँपालिका रामेछापले तृतीय स्थान हासिल गरेको छ। मंगलबार लिखु पिके गाउँपालिका सोलुखुम्बुलाई सोझो सेटमा पराजित गर्दै गोकुलगंगा तृतीय भएको हो। तेस्रो हुने टोलीले शिल्डसहित ५० हजार ५ सय प्राप्त गरेको छ।

null

यसैगरी विधागतरुपमा लिखु तामाकोशी गाउँपालिकाका विशाल ढुंगेल (बेस्ट स्पाइकर),सागर तामाङ (बेस्ट लिब्रो), रोशन मगर (सर्वोकृष्ट), लिखु ओखलढुंगाका युवराज श्रेष्ठ (उत्कृष्ट सेटर) र गोकुलगंगाका विवेक कार्की (बेस्ट ब्लकर) बने । उनीहरुले नगद ३ हजारसहित शिल्ड प्राप्त गरे । 

प्रतियोगिताका लागि एमाले नेता रत्न गौतमले सबैभन्दा धेरै दुई लाख रुपैयाँ सहयोग गरेका थिए। पालिकास्तरीय प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सघाउने र लिखु क्षेत्रमा खेल पर्यटन विकास गर्न भलिबल आयोजना गरेको संस्थाले जनाएको छ। क्लबले विभिन्न दाताहरुसँग रकम संकलन गरेर प्रतियोगिता गरेको हो ।

प्रतियोगितामा रामेछाप, ओखलढुंगा, सोलुखुम्बु र दोलखा जिल्लाका १२ टिम सहभागी थिए। प्रतियोगितामा लिखु गाउँपालिकाबाटै ३ टिम दर्ता भएका थिए।null

यसैबीच टग अफ वार प्रतियोगितामा अरुणोदय मावि विजयी भएको छ । लिखु गाउँपालिकालाई हराउँदै अरुणोदय माविको टिम विजयी भएको हो । टग अफ वारका विजेताले २० हजार र उपविजेता टोलीले १० हजार नगदसहित शिल्ड पाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.