स्थानीय सेवा ऐनमा रहेको त्रुटि सच्याउन कार्यदल गठन

स्थानीय सेवा ऐनमा रहेको त्रुटि सच्याउन कार्यदल गठन
सुन्नुहोस्

महोत्तरी : मधेस प्रदेशको स्थानीय सेवा ऐनमा रहेको त्रुटि सच्याउन ६ सदस्यीय कार्यदल गठन भएको छ। मनरा सिस्वा नगरपालिकाका मेयर मोहन पाण्डेयको संयोजनमा कार्यदल गठन गरिएको हो। 

कार्यदलमा धनगढीमाई नगरपालिकाका उपमेयर संगिता कुमारी चौधरी, जनकनन्दनी गाँउपालिकाका उपमेयर कमला सहगल, अकबर अंसारी सदस्य छन्। स्थानीय सरकारले करार तथा ज्यालादारीका कर्मचारी राख्न नसक्ने, दण्ड र सजायको अधिकार स्थानीय सरकारलाई नभएर प्रदेश सरकारको हुने र स्थानीय तहका कर्मचारीको सरुवा स्थानीय सरकारको सहमति बिनै प्रदेश सरकारले गर्नेलगायतका विषयमा त्रुटि रहेको प्रदीप कुमार यादवले बताए। 

उनले नेपालमा रहेका तीन तहकै सरकारको सरकारको जिम्मेवारीबारे संविधानमा स्पष्ट उल्लेख भएको बताए। यति हुँदाहुँदै स्थानीय सरकारको जिम्मेवारी र अधिकार प्रदेश सरकारले कुण्ठित गरेको उनको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.