टिकेन बंगलादेशको अग्रता, अमिशा कार्कीको शानदार गोल
काठमाडौं : साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले अग्रता लिए पनि त्यसको केही मिनेटमै नेपालले बराबरी बनाएको छ।
खेलको ५२औं मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता लिएको थियो। त्यसको तीन मिनेटमै नेपालका लागि अमिशा कार्कीले शानदार गोल गर्दै बराबरीमा पुर्याएकी छन्।
पहिलो हाफमा दबाबमा रहेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको छ।